प्रिमियर लिग शीर्षस्थानको आर्सनललाई रेलिगेसन खतरामा रहेको एभरटनले शनिबार गुडिसन पार्कमा १–० ले स्तब्ध पारेको छ । यस सिजनको लिगमा आर्सनलको केवल यो दोस्रो हार हो । पछिल्लो ११ खेलमा एउटै जित हात पार्न नसकेको एभरटनलाई नयाँ व्यवस्थापकको रूपमा आएपछि सन डाइसले पहिलो खेलमै विजय दिलाए ।