माओवादी गण्डकी प्रदेशमा पदाधिकारी चयन

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयन भएको छ । बुधबार सम्पन्न गण्डकी प्रदेशको निर्वाचनबाट उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैह्रे निर्वाचित भएका छन् । यस्तै सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेख बहादुर भण्डारी र टेक बहादुर बिक निर्वाचित हुँदा कोषाध्यक्षमा तारा भुषाल चयन भएको सो पार्टीले जनाएको छ । माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) यसअघि नै चयन भएकी थिइन् । गत मंसिरमा सम्पन्न अधिवेशनले उनको नेतृत्वमा २२९ सदस्यीय

सम्बन्धित सामग्री

जिल्ला खेलकुद विकास समिति नहटाउन अन्तरिम आदेश

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले तीनदिन अघि मात्रै ११ वटै जिल्लामा जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी चयन गरेको छ।...

माओवादीको गण्डकी कार्यसमिति चार महिनापछि पूर्ण, मतदानबाट टुंगियो पद

माओवादी केन्द्र गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो लागेको छ । अध्यक्ष मात्रै चयन गरेर केन्द्रीय महाधिवेशनमा गएका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार पदाधिकारी टुङ्ग्याएका हुन् ।सर्वसम्मत प्रयास गर्दासमेत पार नलागेपछि मतदान प्रक्रियाबाट पदाधिकारी चयन गरिएको माओवादीले जनाएको छ । २७ मंसिरमा सम्पन्न अधिवेशनले गायत्री गुरुङलाई अध्यक्षमा चयन गरेको थियो । मतपरिणामअनुसार उपाध्यक्षमा मित्रशरण शर्मा (नवलपुर), गुणाखर बस्याल (पर्वत) र ज्ञामनाथ

माओवादीको गण्डकी कार्यसमितिले चार महिनापछि पायो पूर्णता

न्युज अफ नेपाल, पोखरा । माओवादी केन्द्र गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो लागेको छ । अध्यक्ष मात्रै चयन गरेर केन्द्रीय महाधिवेशनमा गएका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार पदाधिकारी टुंग्याएका हुन् । सर्वसम्मत प्रयास गर्दासमेत पार नलागेपछि मतदान प्रक्रियाबाट पदाधिकारी चयन गरिएको माओवादीले जनाएको छ । २७ मंसिरमा सम्पन्न अधिवेशनले गायत्री […]

माओवादीको प्रदेश सम्मेलन : कहाँ के हुँदै छ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अधिकांश प्रदेशमा पदाधिकारी चयन हुन बाँकी छ । शनिबारदेखि जारी सम्मेलनमा माओवादीका १० प्रदेश कमिटीमध्ये गण्डकी प्रदेश कमिटीको अध्यक्षमा गायत्री गुरुङ चयन भइसकेकी छन् । अरू पदाधिकारीहरू भने टुंगो लाग्न बाँकी छ । त्यस्तै, उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा जगत सिंखडा र सचिवमा सुरेन्द्र बस्नेत चयन भएका...