मुआब्जा विवादले आइसिपी संचालन नरोकिने

वीरगन्जको अलौंमा निर्मित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) अगाडी मुआब्जामा असन्तोष जनाउँदै धर्ना सुरु गरेका स्थानीयलाई यसको संचालनमा बाधक नबन्न स्थानीय प्रशासनले आग्रह गरेको छ। ९५ प्रतिशत बढी भौतिक निर्माणको काम सम्पन्न भएर संचालनको तयारी थालिएका बेला स्थानीयले मुआब्जाजाको माग राख्दै आइसिपीको मूल ढोकामा धर्ना थालेका छन्।