दैनिक तरलता कार्यविधि संशोधन

नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिको दोस्रो संशोधन जारी गरेको छ । आइतबार राष्ट्र बैंकले ‘दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६’ जारी गरेको हो । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था भएअनुसार बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता लिने सुविधालाई व्यवस्थित बनाउन कार्यविधि ल्याइएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । […]