वीरगञ्ज – रौतहट- १ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फराकिलाे मतान्तरका साथ विजयी भएका छन्। सत्ता गठबन्धनकाे साथ पाएका उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ६ हजार ६०० मतान्तरले विजयी भएका हुन्। नेपालले ३३ हजार ५२२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९२२ मत ल्याए। […]