शौचालय खोज्दा तेस्रो तलाबाट खसेर मृत्यु!

पोखरा – पोखरा महानगरपालिका- १८ सराङकोट पँधेलीकी धनसरी घर्ती शुक्रबार बिहानै मणिपाल अस्पताल पुगिन्। छोरी पूर्णकुमारीको केही दिनेदेखि अस्पतालमा उपचार भइरहेको थियो। भलाम घर भएकी जेठी छोरी पूर्णकुमारीलाई मुटुको समस्या छ। रोगले च्यापेपछि अस्पतालको आइसियू कक्षामा उपचार गराइरहेकी छोरीलाई भेट्न आएकी धनसरीले भेटिन‍् पनि। थप उपचारका लागि हिजै पूर्णकुमारीलाई काठमाडौँ लगिँदै थियो। घरमा एक्ली धनसरी […]

सम्बन्धित सामग्री

कैलालीमा रुखबाट खसेर किशाेरीकाे मृत्यु

धनगढी- कैलालीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ। घाेडाघोडी नगरपालिका- ८ सुखडकी १९ वर्षीया राधा थापाको रुखबाट खसेर मृत्यु भएको हो। घोडाघोडी नगरपालिका- ८ मा मंगलबार घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

मणिपाल अस्पतालबाट खसेर वृद्धाको मृत्यु

पोखरा – पोखराको मणिपाल अस्पतालबाट खसेर ६५ वर्षीया वृद्धाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१८ सराङकोटकी धनसरी घर्तीको अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु भएको हो। उनी बिरामी छोरीलाई भेट्न अस्पताल आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। मुटुसम्बन्धी बिरामी भएर अस्पतालमा भर्ना भएकी छोरीलाई भेट्न गएकी उनको अस्पतालको तेस्रो तलबाट खसेर तत्कालै मृत्यु भएको हो। […]

सुन्दरीजलमा खसेर एक पुरुष बेपत्ता

काठमाडौँ । काठमाडौँको सुन्दरीजलमा एक पुरुष खसेर बेपत्ता भएका छन् । शनिवार दिउँसो एक जना पुरुष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

सुन्दरीजलमा खसेर एक जना बेपत्ता

काठमाडौँ – काठमाडौँको सुन्दरीजलमा एक पुरुष खसेर बेपत्ता भएका छन्। शनिबार दिउँसो एक जना पुरुष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ।

प्युठानमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

प्युठानमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । बुधबार जिल्लाको ऐरावती गाउँपालिका–४ धुवाङस्थित सडकमा सु.प.प्र.१००२ त ५२१२ नम्बरको ट्याक्टरबाट खसेर ३८ वर्षीया शान्ता रोकाको  भएको हो । प्रहरीका अनुसार ट्याक्टरबाट  खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको  हो ।

पाँच तलामाथिबाट खसेर महिलाको मृत्यु

आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब...

ट्र्याक्टरबाट खसेर मृत्यु

जुम्ला – ट्र्याक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिंजा गाउँपालिकाको नराकोटमा ट्र्याक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

कपनमा ढलमा खसेर बालक बेपत्ता

संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा ढलमा खसेर फेरि एक बालक बेपत्ता भएका छन् । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको मिलन चोकमा ढलमा खसेर मंगलबार राति करिब ८ बजेको समयमा बालक बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बालक को हुन् भन्ने अझै खुल्न सकेको छैन । राजधानीकै ढल व्यवस्थापन अस्तव्यस्त महानगरीय प्रहरी प्रभाग बौद्धले राति ८ः२१ बजेको सम...