चुवा–लुड्फ्या खोला जलविद्युत् आयोजनाको प्रतिवेदन तयार

सिमकोट – माथिल्लो चुवा–लुड्फ्या खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन चार वर्षको अध्ययनपछि तयार भएको छ। लामो समय लगाएर तयार पारिएको उक्त प्रतिवेदनमाथि स्थानीय सरोकारवालासँग सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो। उक्त आयोजनाको प्रभाव मूल्यांकनको जिम्मेवारी पाएको नेपाल पोर्टफोलियो इनर्जी प्रालिका निर्देशक उमेश भण्डारीका अनुसार ११० दशमलव दुई मेघावाटको उक्त विद्युत् आयोजनाको प्रभाव […]

सम्बन्धित सामग्री

चिनो खोला जलविद्युतको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा राय सुझाव माग

वैशाख २०, काठमाडौ । विद्युत विकास बिभागले मनाङको नासो गाउँपालिकामा निर्माण हुन लागेको चिनो खोला जलविद्युतको तावरण प्रभाव मुल्याङकन प्रतिवेदन माथि राय/सुझाव माग गरेको छ । बुटवल हाइड्रोपावर प्राइभेट लिमिटेडद्वारा प्रस्तावित चिनो खोला जलविद्युत् आयोजना ले वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार पारेको थियो  ।  प्रस्तावित चिनो खोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्दा  प्रतिकूल असर पर्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित सरोकारवालाले आफ्नो लिखित राय-सुझाव दिन बिभाग द्वारा जारी सूचनामा भनिएको छ । यस आयोजनाको प्रमुख संरचनाहरुमा इन्टेक , ग्राभल ट्र्याप, एप्रोच क्यानल, ईन्टेल प्रोटल, हेडरेस टनेल, बालुवा थेग्राउने पोखरी सर्ज पाईप,पेनस्टक पाईप र विद्युत गृह नासों गाउँपालिकाको ताचै गाउँ नजिक रहनेछ ।   विद्युत उत्पादनको लागि चिनो खोलाको पानी फर्काउन बनाइने बाँधको कुल लम्बाई ११.७ मि. र उचाई २ मी. को हुनेछ । २.० मी. ब्यासको ४११.० मी. लम्बाईको सुरुङ्ग मार्ग र २४३३.९० मी. लम्बाई (। सुरुङ्ग भित्रको पाइप सहित) को Penstock Pipe हुँदै पानीलाई ३२.८ मी. लामो १०.८ मी. चौडाई र १३.४५ मी. उचाई भएको सतही विद्युत गृहमा प्रवाह गरिनेछ।  विद्युत गृहमा २ वटा ३ फेज जेनेरेटर मार्फत विद्युत शक्ति उत्पादन गरिनेछ। विद्युत उत्पादनपछि पानि ८५ मि. लम्बाई भएको सुरुङ मार्फत पुन चिनो खोलामा पानी छोडिने छ। टेलेरसमा जल सतह समुन्द्री सतहबाट कम्तिमा २१३९.२७ मी. रहने छ।  उत्पादित उर्जालाई विद्युत गृहको ३३ के.भी. स्वीचयार्डमा जडान हुने ९.२६ एमभीए, ५० हजको पावर ट्रान्सफर्मर बाट करिव ३ कि.मि. लामो ३३ के.भी. डवल सर्किट  प्रशारण लाइन मार्फत नासों गाउँपालिकाको घेलाञ्चोकमा प्रस्तावित २२० के.भी.को मनाङ्ग हब सबस्टेसनमा जोडिने छ।  आफ्नो लिखित राय-सुझाव विद्युत विकास विभाग वा उक्त कम्पनीको कार्यालय समक्ष पेश गर्न सकिने छ ।  ७.९ मेगावाट क्षमतामा बिद्यूत उत्पादन हुने यो आयोजना नदिको वहावमा (आरओआर )आधारित  रहेको छ । यसमा १.०७ प्रतिसेकेण्ड  र ग्रोस हेड ९०२ मी रहनेछ  । यस आयोजनाले बार्षिक ४३.९९ गिगावाट घण्टाविद्यूत उत्पादन गर्ने छ ।

३ ओटा हाईड्रो पावर कम्पनीले गरे सार्वजनिक सुनुवाईका लागि आह्वान

चैत २७, काठमाडौं । तीन ओटा अलग - अलग हाईड्रोपावर कम्पनीले सार्वजनिक सुनुवाईका लागि आह्वान गरेका छन् ।  यसैक्रममा  यारू हाईड्रोपावर प्राइभेट लिमिटेडद्वारा प्रस्तावित यारू खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाले सार्वजनिक सुनुवाइ सम्बन्धी सार्वजनिक सूचना जारी गरेको हो। कम्पनीले गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नं १ मा पर्ने यारू खोलाको पानीलाई प्रयोग गरी ३० दशमलव ५९ मेवा क्षमता जडित यारखोला अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि रायसुझावका लागि  सार्वजनिक सुनुवाई आह्वान गरेको हो ।  त्यस्तै ह्याप्पी इनर्जीले पनि माथिल्लो संखुवाखोला जलविद्यत आयोजना (४० मेवा) को वातावरणीय प्रभाव मल्यांकन प्रतिवेदनको सार्वजनिक सुनुवाइसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । कम्पनीले प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लाको सिलीचोङ्ग गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने संखुवा खोलाको पानीलाई प्रयोग गरी ४० मेवा जडित क्षमता भएको माथिल्लो संखुवाखोला जलविद्युत आयोजना निर्माणका लागि सार्वजनिक सुनुवाई गर्न लागेको हो । यसैगरी हनुमान हाईड्रोपावर प्राइभेट लिमिटेडले पनि प्रस्तावित तातोपानी खोला जलविद्युत् आयोजना (२६ मेवा) को लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक  गर्न सुनुवाइ गर्न लागेको हो ।  कम्पनीले बाग्मती प्रदेश अन्तर्गत धादिङ जिल्लाको रूबी भ्याली गाउँपालिका वडा नं ४ र ५ मा पर्ने तातोपानी खोलाको पानीलाई प्रयोग गरी २६ मेवा जडित क्षमता भएको तातोपानी खोला जलविद्युत आयोजना निर्माणमा लागि प्रस्ताव  गरेको छ । उल्लेखित आयोजना कार्यान्वयन गर्नका लागि ती कम्पनीहरुले स्थानीय सरोकारवालाहरू, सरकारी कार्यालय, संघ/ संस्था तथा व्यक्तिगत राय सुझाव प्राप्त गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाइका लागि आह्वान गरेका हुन् ।

गौरीशंकर क्षेत्रमा जलविद्युत् आयोजनाको ‘मनोमानी’

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जीक्याप) भित्र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत नगराई एक वर्षदेखि रोल्वालिङ खोला जलविद्युत् आयोजना (२२ मेगावाट) को भौतिक निर्माण कार्य अघि बढाएको खुलेको छ ।