आठौं संस्करणको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस् : सृजनशील सोचसँगै उत्कृष्ट काम गर्नेहरू सम्मानित

काठमाडौं । पछिल्लो समय मुलुकको आर्थिक क्षेत्रमा नैराश्य बढेका बेला राम्रो कार्य गर्ने निजीक्षेत्रका संस्थालाई सम्मान गरेर न्यू बिजनेश एज प्रालिले व्यावसायिक मनोबल उकास्ने प्रयास गरेको छ । निजीक्षेत्रका प्रतिष्ठित संस्थाहरूलाई गरिएको सम्मान मुलुकको अर्थतन्त्रबारे विद्यमान गलत भाष्य चिर्न सफल भएको बताइएको छ । आठौं संस्करणको न्यूबिज बिजनेश कन्क्लेभ एन्ड अवार्ड्समा व्यावसायिक कुशलतापूर्वक हजारौंलाई रोजगारी दिएकाहरूलाई सम्मान गरिएको छ । अवार्ड वितरण समारोहमा विश्व अर्थतन्त्रको सुस्ती र सुधारका सम्भावनाबारे नेपालका उद्योगमन्त्रीदेखि भारतीय विज्ञसम्मले चर्चा गरेका छन् । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुक्कसँग लगानी गर्ने वातावरण बनाउन सरकार लागिपरेको बताए । लगानी गर्न इच्छुक दातृनिकाय र निजीक्षेत्रलाई नीतिगत समस्या नरहेको दाबी गर्दै उनले निर्धक्कसँग लगानी गर्ने वातावरण निर्माण सरकारको प्राथमिकता रहेको उल्लेख गरे । ‘समस्यासँग जुधेर आएको निजीक्षेत्रलाई समेटेर सरकार अगाडि बढ्छ । सरकारले स्टार्टअपका नीतिलाई प्राथमिकतामा राखेर नेपाली उत्पादनलाई प्रोत्साहित गरेको छ,’ उनले भने । मन्त्री भण्डारीका अनुसार अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि समाधानका लागि राज्यले काम थालिसकेको छ । मुलुकको अर्थतन्त्रबारे निजीक्षेत्रमा रहेको निराशा चिर्दै आशा जगाउने प्रतिबद्धतासहित सरकारले केही अवधारणा सार्वजनिक गरेको र त्यसकै जगमा अगाडि बढ्न खोजेको मन्त्री भण्डारीले बताए । ‘लगानी किन भित्रिएको छैन ? लगानीको वातावरण किन बनेन ? नेपालको ठूलो जनशक्ति किन विदेशिँदै छ ?’ मन्त्री भण्डारीले भने, ‘नेपालमा विद्यमान अवसर पहिचान गर्नुपर्ने छ, सम्भावनालाई कार्यान्वयनमा लैजानु छ । नागरिकका निराशालाई चिर्नुपर्ने छ । निराशा बढ्नुका कारण धेरै होलान् । नीतिगत अस्पष्टता पनि एउटा कारण होला, ती सबैमा सुधारका लागि सरकार संवेदनशील र प्रतिबद्ध समेत छ ।’ यसपटकको न्यूबिज बिजनेश कन्क्लेभ एन्ड अवार्ड्समा व्यावसायिक कुशलतापूर्वक हजारौंलाई रोजगारी दिएकाहरूलाई सम्मान गरिएको छ । अवार्ड वितरण समारोहमा विश्व अर्थतन्त्रको सुस्ती र सुधारका सम्भावनाबारे नेपालका उद्योगमन्त्रीदेखि भारतीय विज्ञसम्मले चर्चा गरेका छन् । आर्थिक क्षेत्रको संकटमोचनका लागि लगानी सम्मेलन गर्न लागिएको भन्दै उनले सम्मेलनको समय पारेर निजीक्षेत्र र दातृ निकायलाई सहज बनाउन करीब एक दर्जन कानून संशोधन गर्न लागिएको जानकारी दिए ।  अवार्ड कार्यक्रमको टाइटल स्पोन्सर समेत रहेको एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णन् गौरीशंकरले आर्थिक क्षेत्रमा केही समस्या भए पनि मुलुक त्यसको व्यवस्थापन गर्न सक्षम रहेको भन्दै हालका समस्या समाधान गर्न असहज नरहेको चर्चा गरे । उनका अनुसार नेपाल लगानीका लागि राम्रो अवसर र सम्भावना भएको देश हो । भूकम्पजस्तो जटिल समस्याबाट समेत मुलुक सहजै माथि उठेको स्मरण गर्दै उनले अर्थतन्त्रमा अहिले केही समस्या देखिएको, तर त्यसबाट छिट्टै निकासा पाउन सकिने विश्वास व्यक्त गरे । ‘नेपालको आर्थिक क्षेत्रमा प्रशस्त अवसर, सम्भावना र समस्या पनि छन् । आर्थिक क्षेत्रको विकासका लागि सबै तयार छन् । तर, कहिले र कसरी भन्ने प्रश्न मात्र हो,’ उनले भने, ‘यो समयमा कसरी अघि बढ्ने भनेर काम होला । आशा गरौं, सकारात्मक सोचौं, यसमा पक्कै सुधार हुनेछ ।’ विप्रेषणका कारण जनतासँग पैसा भएको र यो बढिरहेको तथ्यांकले देखाएको भन्दै उनले नेपाली युवाको विदेश जाने लहर बढेको बताए । साथै उनीहरूको भविष्यका बारेमा समेत चिन्ता गर्नुपर्ने बेला आएको बताए । ‘रोजगारीका लागि विदेशिएका युवा फर्किन्छन्/फर्किंदैनन् थाहा छैन । सरकारले यो बुझेकै छ, यसमा काम पक्कै गर्नेछ,’ उनी आशावादी सुनिए । व्यावसायिक संस्थाहरूलाई नेपालीले के चाहन्छन् भन्ने सोचेर काम गर्न सुझाउँदै उनले वस्तु तथा सेवाको गुणस्तर र परिणाममा समेत ध्यान दिनुपर्ने औंल्याए । कार्यक्रममा भारतीय उद्योग वाणिज्य महासंघ (एफआईसीसीआई)का वरिष्ठ सल्लाहकार मानव मजुमदारले विश्व अर्थतन्त्रका बारेमा चर्चा गरे । उनले समग्र अर्थतन्त्रले चुनौतीपूर्ण समयको सामना गरिरहेको भन्दै दशकको प्रारम्भिक वर्षमै ठूला अवरोध देखापरेको बताए । अर्थतन्त्रमा केही पुराना जोखिम समेत कायमै रहेको उनको ठम्याइ थियो । उनले अहिलेको समयमा व्यवसाय क्षेत्रले भोगिरहेका समस्याबारे प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार अर्थतन्त्रमा मन्दी रहे पनि कतिपय स्थापित उद्योग व्यवसाय राम्रोसँग चलेका छन् ।  अप्ठ्यारो परिस्थितिमा पनि ग्राहकको मागलाई ध्यानमा राख्न सके व्यवसाय माथि उठ्न सघाउ पुग्ने उनले बताए । सन् २००८ मा स्टारबक्सले सात हजार स्टोर बन्द गरेको उदाहरण दिँदै उनले भने, ‘तर विभिन्न समयमा कफीकै प्रडक्टलाई इनोभेसन गरेर कम्पनीले व्यवसायमा पुनरागमन गरेको थियो । स्टारबक्स डिजिटाइजेसनबाट सफल भएको छ ।’  व्यवसाय र व्यवस्थापनमा उत्कृष्टता, नवीनता र सृजनात्मकताको खोजी गरिने न्यूबिज बिजनेश कन्क्लेभ एन्ड अवार्ड्स कार्यक्रममा प्यानल डिस्कसन समेत भएको थियो । यसपटकको विषय कठिन समयमा व्यावसायिक अवसर (बिजनेश अपच्र्युनिटिज इन डिफिकल्ट टाइम्स) थियो । कन्क्लेभको थीमअनुसार प्यानल छलफलमा अहिलेको असहज अवस्थामा पनि कम्पनीहरू नयाँ सृजनासहित अघि बढिरहेका छन् भन्नेबारे गम्भीर छलफल भएको थियो । व्यावसायिक सृजनशीलताका लागि प्रशस्त क्षेत्र रहेको र यसलाई मार्गदर्शन गर्नुपर्छ भन्ने निष्कर्ष छलफलबाट निस्किएको छ । कम्पनी सफल हुन नयाँ सोच ल्याउनुपर्ने छलफलका विज्ञ वक्ताहरूको सुझाव थियो । कार्यक्रममा न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले सन् २०१३ देखि नै संस्थाले उक्त कन्क्लेभ तथा अवार्ड कार्यक्रम गर्दै आएको जानकारी दिए । विगतमा जस्तै यसपटकको अवार्ड वितरणका लागि पनि निष्पक्ष, पारदर्शी एवं वैज्ञानिक ढंगले उत्कृष्ट छनोट गरिएको उनले बताए । यसमा विज्ञहरू सम्मिलित निर्णायक मण्डलदेखि बैंक, बीमा कम्पनीसहित प्रायोजकहरूको अमूल्य योगदान रहेको उनको भनाइ थियो ।  निर्णायक मण्डलको तर्फबाट बोल्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)का पूर्वअध्यक्ष रमेश हमालले यसपटक दुर्गम प्रदेशअन्तर्गत पर्ने मधेश, कर्णाली, सुदूरपश्चिममा समेत सेवा प्रवाह गरिरहेका कम्पनीलाई छनोट गर्न सकिएको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निर्णायक मण्डल कुनै दबाब प्रभावमा नपरी उत्कृष्ट कम्पनी छनोट गर्न सफल भएको बताए । व्यावसायिक रूपमा सक्षम रहेकाहरूले नै अवार्ड पाएको उनको भनाइ छ । यसपटक सांग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेलाई ‘लाइफ टाइम अचिभमेन्ट इन बिजनेश लिडरसिप अवार्ड’बाट सम्मान गरिएको छ । स्वास्थ्य अवस्था बिग्रिएका कारण उनी कार्यक्रममा उपस्थित हुन नसकेपछि उनका छोरालाई उक्त अवार्ड हस्तान्तरण गरियो ।  यसपटकको पुरस्कार चयन र प्यानल छलफलमा पनि नयाँ सृजनात्मकताको खोजी भएको छ । व्यावसायिक सफलताका लागि यस्तो सृजनात्मकताको महत्त्वलाई कार्यक्रमले उजागर गरेको छ । यस अवाडर््स कार्यक्रममा पुरस्कारका लागि कम्पनी छनोट गर्न स्वतन्त्र जुरीको व्यवस्था गर्ने गरिएको थियो, जसले विभिन्न मापकहरू निर्धारण गरी उत्कृष्टताको खोजी गरेका छन् । यसपटक ११ विधामा पुरस्कार दिइएको थियो । पुरस्कारका लागि बैंकिङमा दुई वर्ग थपिएको थियो । यसमा वित्तीय पहुँच कम भएका ठाउँमा बढी शाखा सञ्जाल पुर्‍याएर सेवा दिने बैंकलाई पुरस्कृत गरिएको थियो । वित्तीय पहुँचलाई प्राथमिकता दिएकाले यस्तो पुरस्कार दिइएको जुरीको भनाइ छ । यस्तै साना, मझौला तथा प्राथमिकता प्राप्त क्षेत्रमा बढी लगानी गरिएको बैंकलाई पनि सम्मान गरिएको थियो । यी दुई वर्ग थप्न जुरीले नै निर्णय गरेका थिए । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकदेखि कृषि विकास बैंकसम्मले यसपटक अवार्ड प्राप्त गरेका छन् । अवार्ड विजेताहरू   ‘बेस्ट म्यानेज्ड जनर  इन्स्योरेन्स कम्पनी अफ दि इयर’ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स   ‘बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’ : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड   ‘बेस्ट फाइनान्स कम्पनी अफ दि इयर’ : मञ्जुश्री फाइनान्स लिमिटेड   ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर’ : साइन रेशुंगा डेभलपमेन्ट बैंक लिमिटेड   ‘बेस्ट कमर्सिय  बैंक इन सर्भिसिङ मार्जिनलाइज्ड जियोग्राफिक  एरियाज’ : कृषि विकास बैंक   बेस्ट कमर्सिय  बैंक इन प्रिस्क्राइब्ड सेक्टर लेन्डिङ अफ दि इयर’ : एनएमबि बैंक   ‘बेस्ट म्यानेज्ड कमर्सिय  बैंक’ : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड   ‘प्रिमियर होट  अफ दि इयर’ : सोल्टी होट  लिमिटेड   आउटस्ट्यान्डिङ हस्पिट  अफ दि इयर : हस्पिट  फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स)   ‘बेस्ट म्यानेज्ड कम्पनी अफ दि इयर’ : नेशन  हेल्थकेयर प्रालि   लाइफ टाइम अचिभमेन्ट अवार्ड : होट  सांग्रिलाका संस्थापक श्यामबहादुर पाण्डे केके थिए छनोटका आधार ? लाइफटाइम अचिभमेन्ट   दूरदर्शी भिजन  इनोभेशन  कम्तीमा ३० वर्षदेखि व्यवसायमा संलग्नता  व्यवसायप्रतिको लगाव  सार्वजनिक छवि बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी   नाफा  नेटवर्थ  जगेडा कोष  पोलिसी संख्या  ग्रस प्रिमियम  दाबी फछ्र्योट र बाँकी दाबी  गुनासो व्यवस्थापन  नियामकको कारबाही  कृषिबीमाको रकम जसलाई छनोट प्रक्रियामा समावेश गरिएन  स्टक एक्सचेन्जमा सूचीकृत नभएका  २०७९/८० को साधारणसभा २०८० पुस मसान्तसम्म नगरिसकेका  बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी   नाफा  नेटवर्थ  जगेडा कोष  पोलिसी संख्या  ग्रस प्रिमियम  दाबी फछ्र्योट र बाँकी दाबी  सरेन्डर दर  गुनासो व्यवस्थापन  बोनस रेट  नियामकको कारबाही  पोलिसी नवीकरणको अवस्था जसलाई छनोट प्रक्रियामा समावेश गरिएन  स्टक एक्सचेन्जमा सूचीकृत नभएका  २०७९/८० को साधारणसभा जुरीको अन्तिम बैठकसम्म पनि नबोलाएका बेस्ट बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी अफ दि इयर   आधारदर  ब्याजदरको अन्तर  सम्पत्तिमा प्रतिफल  पूँजीमा प्रतिफल  सीडी रेसियो  पूँजी पर्याप्तता अनुपात  खुद ब्याज आम्दानी  कमसल कर्जाको अनुपात  बुक भ्यालु  कुल नाफामा अन्य आम्दानीको योगदान  वासलातको आकारको तुलनामा कर्मचारी खर्च  मूल्य आम्दानी अनुपात  वासलातको आकारमा वृद्धि  जसलाई छनोट प्रक्रियामा समावेश गरिएन  २०७९/८० को साधारणसभा २०८० पुस मसान्तसम्म नगरिसकेका   २०७९/८० मा मर्जर भएका बेस्ट म्यानेज्ड कम्पनी अफ दि इयर   पारदर्शिता  नियामकीय अनुपालना  व्यावसायिक व्यवस्थापन  व्यवसायको सामाजिक महत्त्व  सामाजिक उत्तरदायित्व   उपभोक्ताको गुनासो व्यवस्थापन,   व्यवसाय विस्तारको दिगोपना  बजारमा कम्पनीको छवि  बेस्ट कमर्सियल बैंक इन सर्भिसिङ मार्जिनलाइज्ड जियोग्राफिकल एरियाज  कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा गरी सबैभन्दा धेरै शाखा संख्या भएको  बेस्ट कमर्सियल बैंक इन प्रिस्क्राइब्ड सेक्टर लेन्डिङ   नेपाल राष्ट्र बैंकले तोकेका क्षेत्रहरूमा सबभन्दा बढी कर्जा प्रवाह गरेको   प्रिमियर होटेल अफ दि इयर तथा आउटस्ट्यान्डिङ हस्पिटल अफ द इयर’   बेस्ट म्यानेज्ड कम्पनी अफ दि इयर सरह  कुनकुन अन्तिम सर्टलिस्टमा परेका थिए ? बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर  नेको इन्स्याोरेन्स  शिखर इन्न्स्योरेन्स  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (अवार्ड पाएको) बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर  सिटिजन्स लाइफ इन्स्योरेन्स  रिलायबल लाइफ इन्स्योरेन्स  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (अवार्ड पाएको) बेस्ट फाइनान्स कम्पनी अफ दि इयर   आईसीएफसी फाइनान्स लिमिटेड  श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स लिमिटेड  मञ्जुश्री फाइनान्स लिमिटेड (अवार्ड पाएको) बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर   गरिमा विकास बैंक लिमिटेड  मुक्तिनाथ विकास बैंक लिमिटेड  शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड (अवार्ड पाएको) बेस्ट कमर्सियल बैंक इन सर्भिसिङ मार्जिनलाइज्ड जियोग्राफिकल एरियाज  कृषि विकास बैंक (अवार्ड पाएको) बेस्ट कमर्सियल बैंक इन प्रिस्क्राइब्ड सेक्टर लेन्डिङ अफ दि इयर  सर्टलिस्टमा परेकाहरू  कुमारी बैंक  नेपाल एसबीआई बैंक  एनएमबि बैंक (अवार्ड पाएको) बेस्ट म्यानेज्ड कमर्सियल बैंक  सर्टलिस्टमा परेका  नेपाल बैंक  सानिमा बैंक  स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड (अवार्ड पाएको) प्रिमियर होटेल अफ दि इयर’   सोल्टी होटेल लिमिटेड (अवार्ड पाएको) आउटस्ट्यान्डिङ हस्पिटल अफ दि इयर   हस्पिटल फर एडभान्स् मेडिसिन एन्ड सर्जरी (ह्याम्स) (अवार्ड पाएको) बेस्ट म्यानेज्ड कम्पनी अफ दि इयर  नेशनल हेल्थकेयर प्रालि (अवार्ड पाएको) लाइफटाइम अचिभमेन्ट अवार्ड   होटल सांग्रिलाका संस्थापक श्यामबहादुर पाण्डे जुरीहरू बेस्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी   शशी सत्याल, सीए, म्यानेजिङ पार्टनर, पीकेएफ टीआर, उपाध्याय एन्ड कम्पनी  श्रीमान कार्की, इन्स्योरेन्स विज्ञ  सुमन शर्मा, पूर्वकार्यकारी अधिकृत सन्राइज बैंक बेस्ट म्यानेज्ड कम्पनी अवार्ड   महेशकुमार शर्मा, म्यानेजिङ पार्टनर सिन्हा बर्मा ल  राजनसिंह भण्डारी, पूर्वकार्यकारी अधिकृत सिटिजन्स बैंक इन्टरनेशनल   सुरेन्द्र भण्डारी, पूर्वकार्यकारी अधिकृत कुमारी बैंक लाइफटाइम अचिभमेन्ट अवार्ड   अञ्जन श्रेष्ठ : वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ  राजेश अग्रवाल : अध्यक्ष नेपाल उद्योग परिसंघ   राजेन्द्र मल्ल : अध्यक्ष नेपाल चेम्बर अफ कमर्श बेस्ट म्यानेज्ड कम्पनी अवार्ड   सुदर्शनराज पाण्डे : पार्टनर एसआर पाण्डे एन्ड कम्पनी   रमेशकुमार हमाल : पूर्वअध्यक्ष नेपाल धितोपत्र बोर्ड  सुजन काफ्ले : अध्यक्ष, आइक्यान   उदयराज खतिवडा : माइक्रोफाइनान्स एक्सपर्ट 

सम्बन्धित सामग्री