छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी कमिटी र १५६ सदस्यीय पोलिटब्युरोको टुंगो लगाएको छ।यसअघि स्थगित बाजुराको बुढीगंगा नगरपालिकामा बिहिबार पुनः मतदान सम्पन्न भएको छ। साउनभित्र प्रहरी समायोजन गरिसक्न संघलाई प्रदेश सरकारहरुले अल्टिमेटम दिएका छन्। सांसदहरुले किसानले मल र जनताले नागरिकता नपाएका गुनासो गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन्। नेपाल क्यानडासँग ८३ रनले पराजित भएको छ।