काठमाडौं : प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक निरन्तर अगाडि बढाएका छन्। माधव नेपालसहित १४ सांसदको कारबाही रोकेर सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद् बैठक अवरोध गरेको हो। बैठकमा एमाले सांसदले सभामुख सापकोटाविरुद्ध निरन्तर नाराबाजी गरिरहे। तर, नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेश गरेका छन्। एमालेको निरन्तर अवरोधपछि अर्थमन्त्री शर्मा रोष्ट्रममा दौडिएर पुगेका थिए। बैठकमा बजेटसम्बन्ध