प्रदेश १ : न प्रदेशसभा बैठक बस्छ, न त संसदीय समिति नै सक्रिय

प्रदेश १ सरकारले बिजनेस नदिँदा प्रदेशसभाको बैठक अन्योलमा परेको छ । गठबन्धन सरकार अहिले मन्त्रालय भागबण्डामा अलमलिएका कारण प्रदेशसभा बैठक सुचारु गर्नतर्फ ध्यान दिन सकेको छैन भने अधिवेशन अन्त्य गर्न पनि सकेको छैन ।मुख्यमन्त्री राजेन्द्रकुमार राईले मंसिर १ मा प्रदेशसभाबाट विश्वासको मत लिए यता प्रदेशसभा बैठक बस्न सकेको छैन । ‘अर्काे सूचना जारी नभएसम्म’ भन्दै मंसिर १ गते स्थगित गरिएको प्रदेशसभा बैठक कहिले बस्छ भन्ने अझै टुङ्गो छैन ।प्रदेशसभा सञ्चालन नहुँदा जनताले भोगिरहेका मल तथा बीउ अभाव