‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ पशुपति क्षेत्रमा सफाइ

पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि आर्यघाटबाट सूर्यघाटसम्मको वाग्मती नदी किनारमा सफाइ गरी नकुहिने तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।वाग्मती सफाइ महाअभियानको ४९६औँ हप्तामा आज पशुपति क्षेत्रमा सफाइ गरिएको हो । छठअघिको शनिबारदेखि निरन्तर पशुपति क्षेत्रमै सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले  जानकारी दिए । निरन्तर तीन हप्ताको सफाइपछि पशुपति क्षेत्रमा जम्मा भएको फोहर निकाली विश्वसम्पदा क्षेत्रलाई सफा बनाइएको छ । सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन