काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती उत्पन्न हुने बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको ‘नेसनल कन्फरेन्स अन इकोनमिक्स एन्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकाले आयातलाई प्रतिस्थापन गर्न नसकेमा अर्थतन्त्रमा चुनौती कायम रहने बताएका हुन् । […]