कीर्तिपुरमा १५ सय शैय्याको अत्याधुनिक अस्पताल निर्माण गरिने

काठमाडौं। सरकारले आउँदो आर्थिक वर्षमा कीर्तिपुरमा जटिल तथा घातक प्रकृतिका रोगको उपचारका लागि १५ सय शैय्याको अस्पताल निर्माण गर्ने भएको छ। आज प्रस्तुत बजेटमा ‘सुपर स्पेसियालिटी केन्द्र’को निर्माण कार्य शुरु गरी तीन वर्षभित्र सञ्चालनमा ल्याउने बताइएको छ। केन्द्रमा नेफ्रोलोजी, युरोलोजी, न्युरोलोजी, न्युरोसर्जरी, स्पाइनल सर्जरी, कार्डियोलोजी, कार्डियोसर्जरी, पल्मोनोलोजी, ग्यास्ट्रोइन्टरलोजी र ग्यास्ट्रो सर्जरीलगायत अन्य रोगको विशिष्टीकृत उपचार गरिने जनाइएको छ।