अमेरिका तथा उसका साझेदारहरूका सैनिकले ३१ अगस्टको म्यादभित्र मानिसहरूलाई उद्धार गरेर लग्न नसकेमा तालिबानले बलप्रयोग गरेर काबुल विमानस्थल बन्द गराउन सक्ने बेलायतका रक्षामन्त्री बेन वालेसले बताएका छन् ।
जी७ मुलुकका नेताहरूको भर्चुअल शिखर सम्मेलनअघि बोल्दै वालेसले बेलायती नागरिक तथा बेलायती सेनासँग मिलेर काम गरेका अफगान नागरिकलाई उद्धार गर्नका लागि म्याद थपिने आशा गरेको बताए ।
तर उद्धारका लागि सेप्टेम्बर महिनासम्म म्याद तन्काउन सम्भव नरहेको पनि वालेसले स्वीकार गरे । अमेरिकाका राष्ट्रपति जो बाइन आफैं यसमा इच्छुक दे...