यसकारण दिए गण्डकी प्रदेशसभाका सभामुखले सर्वोच्च अदालतमा भ्याकेट निवेदन

काठमाडौं। राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले भ्याकेटको निवेदन दिएका छन्। थापाले रिटमा एकतर्फी सुनुवाई गरेर अन्तरिम आदेश दिएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै निवेदन दिएका हुन्। अन्तरिम आदेश गर्ने कि नगर्ने भन्ने सम्बन्धमा विपक्षीसँग छलफल नगरी सभामुखलाई सुनुवाईको मौका नै नदिई अन्तरिम आदेश दिएको उनको भनाई छ।