प्रधानन्यायाधीश जबरामाथिको महाभियोग अघि नबढाएकोमा अधिवक्ता कोइराला सांसदहरुसँग आक्रोशित (भिडिओसहित)

काठमाडौं, २२ साउन । अधिवक्ता परशुराम कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको प्रस्ताव दर्तामात्रै गरेर निलम्बन गरेर सांसदहरु खुशी हुनु गलत भएको टिप्पणी गरेका छन् । उनले महाभियोगको प्रस्ताव ल्याएपछि त्यसलाई प्रोसेसमा नलगिएकोमा गुनासो पोखे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् […]

सम्बन्धित सामग्री

वरिष्ठ अधिवक्ता बिडारी भन्छन्- राणाविरुद्धको महाभियोग चुनावपछिको संसद्ले हेर्छ

काठमाडाैँ – राष्ट्रिय सभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका छन् । आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका हुन् । संसद् जीवित रहेको समेत बताउँदै उनले […]

ममाथि आरोप लगाउने जबरामाथि जिरह गर्न पाउनुपर्छ : अधिवक्ता अर्याल

२९ भदौ, काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि जिरह गर्नु पाउनुपर्ने माग राखी प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा निवेदन दिएका छन् । महाभियोगको बयानका क्रममा जबराले आफू लगायतलाई लाञ्छना लगाएर आरोपित गरेको भन्दै अर्यालले सत्यता जाँचको माग गरेका हुन् । उनले समितिमा पेश गरेको निवेदनमा भनेका छन्, ‘महाअभियोगको आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

जबराले पोलेका पूर्वन्यायाधीश, अधिवक्ता र राजनीतिज्ञलाई बयानका लागि बोलाउने तयारी

निलम्बनमा रहेका प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले आरोप लगाएका व्यक्तिहरुसँग महाभियोग सिफारिस समितिले बयान लिने तयारी गरेको छ। मंगलबार समितिको बैठकपूर्व कांग्रेस सांसद तथा समिति सदस्य मीन विश्वकर्माले जबराले पोलेका पूर्वन्यायाधीश, अधिवक्ता...

जबराविरुद्ध महाभियोग : टुंग्याउन कि तुहाउन ?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन्। मूल प्रश्न छः यो टुंग्याउन हो कि तुहाउन ?सत्तारुढ दलका सांसदहरूले २१ वटा आरोप लगाउँदै महाभियोग दर्ता गरेका थिए। यसमा राजनीतिक दलहरूबीच मतऐक्य छैन। स्वयं सत्तारूढ सांसदहरूबीच फरक–फरक विचार छ। एमाले कानुन विभागका प्रमुख वरिष्ठ अधिवक्ता रमेश बडालले प्रधानन्यायाधीश जबरामाथिको महाभियोगमा दुवै पक्षका कुरा सुनेर निर्णय लिइने बताए। ‘महाभियोग प्रस्तावक र प्रधानन्यायाधीश

एमालेले चोलेन्द्रलाई चोख्याउन सक्दैनः वरिष्ठ अधिवक्ता

काठमाडौं, २२ साउन । वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नेकपा एमालेले बचाउन नसक्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता प्रधानले भने, “नेपाल बार एसोसिएसनले १०९ दिनसम्म आन्दोलन गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग लगाएको हो । महाभियोगका लागि पर्याप्त […]

महाभियोग खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको महाभियोगविरुद्ध सर्वोच्च अदालतमा संवैधानिक रिट दर्ता भएको छ।सर्वोच्चका प्रवक्ता विमल पौडेलले महाभियोगविरुद्ध दुई रिट दर्ताको जानकारी दिए। महाभियोगविरुद्ध अधिवक्ता पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोकविक्रम चन्दलगायतले संवैधानिक रिट दर्ता गरेका हुन्।रिटमा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लगाइएको भन्दै महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश आदिको माग दाबी ग

जबराविरुद्धको महाभियोग फिर्ता नलिए देशव्यापी आन्दोलनको चेतावनी

काठमाडौं : स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।सोमबार पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एकहप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो। अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे।उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए। उनले भने,‘प्रधानन्यायाधीशविरुद्धको आन्दोलन त

कार्यबाहक नतोक्नु नै महाभियोग लगाउन पर्याप्त आधार : वरिष्ठ अधिवक्ता कार्की

वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कार्यवाहक नतोक्नु नै महाभियोगका लागि पर्याप्त आधार भएको बताएका छन्। शुक्रबार नेपाल बार एसोसियसनको प्राङ्गणमा आयोजित न्यायपालिकाको सुधार : सम्भावना र चुनौती विषयक छलफल...

प्रधानन्यायाधीशविरुद्ध महाभियोग नलगाएसम्म बारले आन्दोलन नछाड्ने दाबी

काठमाडौं : वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध महाभियोग नलगाएसम्म नेपाल बार एसोसिएशनको आन्दोलन जारी रहने बताएका छन्।आइतबार नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएमात्रै बारको आन्दोलन रोकिने बताए।उनले जबरा कानुनी र कागजी रूपमा प्रधानन्यायाधीश पदमा रहे पनि व्यवहारिक रूपमा भने सो पदमा नरहेको जिकिर गरे। उनले प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दा पनि जन

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपर्छः वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं, २५ वैशाख । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाटै संविधानमाथि खतरा बढेको टिप्पणी गर्दै महाभियोग लगाउनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायधीश राणा गएमा महाभियोग लगाउनुपर्ने बताएका हुन् । ‘प्रधानन्यायधीशबाट नै संविधानमाथि खतरा बढेको छ,’ त्रिपाठीले रिपोर्टर्स नेपालसँग भने, ‘भोलि डाकिएको संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश […]