निरन्तर अन्तर्राष्ट्रिय खेल खेले पदक टाढा छैन : प्रशिक्षक हान

१४ पुस, काठमाडौं । भलिबल प्रशिक्षक नेदरल्याण्ड्सका नागरिक हान अबिङ दुई पटक नेपाल आए । उनको प्रशिक्षणमा नेपालको पुरुष भलिबल टिमले दुई पटक एसियन सेन्ट्रल जोन प्रतियोगिता खेल्यो । तर दुवै पटक नेपालले कुनै पनि पदक जित्न सकेन । बंगलादेशमा मंगलबार सम्पन्न एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल ५ टिममध्ये चौथो भयो । […]

सम्बन्धित सामग्री

चिनियाँ टोलीसँगको खेल युवा खेलाडीलाई अवसर : प्रशिक्षक एनेस

काठमाडौँ : नेपाली युवा टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चिनियाँ टोलीसँग हुन लागेको मैत्रीपूर्ण फुटबलको लागि करिब एक साता तयारी गरेको र यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर भएको बताएका छन्।चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यू–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबीच शनिवार मैत्रीपूर्ण खेल हुँदै छ। सो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले टोलीमा युवा र क्षमतावान् खेलाडीको बाहुल्य रहेको उल्लेख गर्दै तयारी पनि राम्रो भएको बताएका हुन्।यसको तयार

‘कुनैपनि खेल सजिलो हुनेछैन’ – प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले समूहका सबै टिमको स्तर उस्तै रहेको बताएपनि कुनैपनि खेल सजिलो नहुने बताएका छन् । ‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ । हामी सबै विपक्षी टिमलाई सम्मान गछौं । कुनै पनि खेल सजिलो हुनेछैन । यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट […]

बंगलादेशसँगको मैत्रीपूर्ण खेल जितकै लागि : प्रशिक्षक हुमागाईं

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेल जितका लागि नै खेल्ने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)मा बिहीबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक हुमागाइले राष्ट्रिय टोलीको जिम्मा पाउनु आफ्नो लागि महत्वपुर्ण कुरा भएको बताए । नेपाली मूलका अमेरिकी नागरिक हुमागाईले कर्मभूमि छाडेर जन्मभूमिमा जित्ने लक्ष्यका साथ आएको दाबी गरे […]

नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म

२३ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाएका भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकर पटक पटक विवादमा परेको पाइएको छ । प्रभाकरमाथि खेल मिलेमतोको आरोपसमेत छ । सन् १९९९ मा भारतीय सञ्चार संस्था तेहल्काले स्टिङ अप्रेसन गर्दै उनीमाथि खेल मिलेमतोको आरोप लगाएको थियो । त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले उनलाई […]

‘भारतसँगको खेल समर्थकलाई विशेष’ – प्रशिक्षक केसी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीले साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आइतबार तेस्रो खेलमा भारतको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्धको खेल समर्थकका लागि विशेष रहने गरेको बताएका छन् । प्रशिक्षक केसीले नेपाली टोली योजना बनाएर आएकाले अन्य खेलजस्तै भारतको खेलका लागि पनि तयार रहेको बताए । ‘नेपालबाट आउँदा […]

पहिलो खेल भएकाले अनुभवको कमी भयो : प्रशिक्षक केसी

काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । ए डिभजनका अनुभवी प्रशिक्षक र खेलाडी भएपनि लिगको पहिलो खेलमै सातदोबाटोले गोल गर्न नसक्दा जितबाट बन्चित भयो । यसअघि थ्री स्टार लगायत टिम हेरिसकेका प्रशिक्षक मेघराज केसी, लिगको पहिलो खेल भएकाले टिममा अनुभवको कमी […]

नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले फाइनल खेल गुमाउने

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भारतविरुद्धको फाइनलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फाइनल खेल गुमाउने भएका छन्। शनिबार बेलुका माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल अन्तर्गत फाइनलमा मुख्य प्रशिक्षक अल्मुताइरीले  ‘डगआउट’ मा बस्न नपाउने भएका...

म कहिल्यै नेपाल फर्किने छैन : मुख्य प्रशिक्षक अल्मुताइरी

काठमाडौं, असोज २८ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने बताउनुभएको छ । मुख्य प्रशिक्षक अल्मुताइलरीले आफूले यसअघि नै राजीनामा दिएको बताउँदै भारतसँगको साफ च्याम्सिपयनसीपको फाइनल खेल नै आफ्नो अन्तिम खेल भएको बताउनुभएको हो । उहाँले बुधबार बंगलादेशसँगको १–१ गोलको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा साफ च्याम्पियनको फाइनलपछि नेपाल […]

नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं

१६ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्नैपर्ने बताएका छन् । साफ च्याम्पियन्स लिगको तयारीमा रहेका नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यसको अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले दुवै खेल हार्नुको अर्थ हामीले साफ हार्छौं भन्ने […]

खेल सकिँदा मुहारमा मुस्कान हुनुपर्छ– फ्रान्सका प्रशिक्षक डेसच्याम्प

एजेन्सी। फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले युरो–२०२०को अन्तिम–१६मा स्विट्जरल्यान्डविरुद्धको खेल सकिँदा मुहारमा जितको खुशी हुनुपर्ने बताएका छन्। २०१८मा फ्रान्सलाई विश्वकप जिताएका डेसच्याम्पले भने, ‘‘उनीहरू संगठित राम्रो टिम हो। आक्रमण पंक्ति पनि राम्रो छ। उनीहरूलाई कमजोर आँक्ने गल्ती गर्नुहुँदैन। यो नकआउट खेल हो। जित्नका लागि सबै रणनीति अपनाउँछौं। खेल सकिँदा मुहारमा हाँसो हुनुपर्छ।’’