उकालो लाग्दै कोरोनाको ग्राफ, अर्को लहरको सङ्केत ?

भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै नेपालमा पनि बिस्तारै त्यसको असर देखिन थालेको छ । निकै सङ्क्रामक भनिएको ओमिक्रोन भेरियन्ट नेपालमा समेत पुष्टि भइसकेको छ । पछिल्लो ५ दिनको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा बिस्तारै कोरोनाको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । यो हप्ताको सुरुवातमा सङ्क्रमण दर साढे २ प्रतिशतको हाराहारीमा रहेकोमा बिहीबार यो बढेर ५ प्रतिशत नजिक पुगेको छ ।पुस २२ गते १२ हजार ९९ परीक्षण गर्दा ५४० जनामा सङ्क्रमण पुष्टि भएको छ । सो दिन सक्रिय सङ्क्रमितको सङ्ख