टीकापुर आन्दोलनको सम्झना र थारू फुटको सन्देश

२०७२ भदौ ७ गते टीकापुर आन्दोलनको सम्झनामा केही न केही कार्यक्रम थरुहट सङ्घसंस्थाहरूले गर्ने गरेका छन् । यस वर्ष पनि दुई दिने कार्यक्रम हुँदेछ । सो दिनको सम्झनामा टीकापुरमा नागरिक उन्मुक्ति पार्टी तथा थरुहट, थारुवान मोर्चाको छुट्टाछुट्टै कार्यक्रम छ । छुट्टाछुट्टै कार्यक्रमले थारुहरूमा फुटको सन्देश गएको कतिपयको भनाइ छ ।न नागरिक उन्मुक्ति पार्टीको भातृसंगठन मोर्चा हो, न मोर्चाको भातृसंगठन नागरिक उन्मुक्ति पार्टी हो । दुवै आफैँमा सार्वभौम संस्था÷दल हुन् । यी दुवै आ–आफ्नो कार्यक्रम तय ग

सम्बन्धित सामग्री

विपतले बिचल्ली

आजभन्दा ४४ वर्षअघिको कुरा हो, सुधारिएको पञ्चायत ठिक कि बहुदल भन्ने रोज्न देशमा जनमत सङ्ग्रहको तयारी भइरहेको थियो । जयराम थारू चार वर्ष उमेरका हुनुहुन्थ्यो । हजुरबाको हात समाएर भवानीयापुरबाट जोरैयामा बसाइँ सरेको धमिलो सम्झना मात्र छ, उहाँलाई । बसाइँ सर्नुको कारण उहाँले धेरै पछि थाहा पाउनु भयो । त्यतिबेला उहाँका हजुरबाले राप्ती नदीको कटानले घरबास नै लैजाला भन्ने डरले दुई किलोमिटर पर जोरैयाको खेतमा बसाइँ सर्नुभएको रहेछ तर त्यही जोरैया पनि सुरक्षित भएन । हाल बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं ६ मा पर्ने जोरैयाबाट जयरामका परिवारले फेरि बसाइँ सर्नु प¥यो । राप्तीले २०६३ सालमा पहिलो पटक कटान थालेपछि हजुरबाले जसरी नै उहाँ पनि परिवार लिएर दुई किलोमिटर पर बसाइँ सर्नुभयोे तर यस पटक आफ्नै जमिनमा होइन जङ्गल छेउमा । बाढी र कटानबाट जिउ र

थारू अगुवा रायबाबा

पर्सा जिराभवानीका भोपाल राय अर्थात् राय बाबा बितेको वर्षौं भइसक्यो । ब्रिटिस सेनालाई परास्त गर्ने क्रममा प्राणको आहुति दिएको इतिहासले परिचित उनको सम्झना अहिले पनि यहाँका बासिन्दा ससम्मान गर्छन् । तर, उनको वीरगाथा र सुन्दा अद्भुत लाग्ने जीवनसँग जोडिएका महत्त्वपूर्ण दस्ताबेजलाई जोगाउने काम न उनका सन्ततिबाट भएको छ न पालिकाले नै प्रयास गरेको छ ।

जिसस नवलपुरमा एमाले विजयी

जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी हुनुभएको छ । सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल र लोकनाथ अर्याल विजयी भएका छन् ।जिल्ला समन्वय समतिमा एमालेको ११ र काँग्रेसको पाँच मत रहेको थियो ।

जिसस नवलपुरमा एमाले विजयी

कावासोती – जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ। आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्। जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी भएका छन्। सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल […]

पाल्पा दरबार संग्रहालय पर्यटकको आकर्षण केन्द्र

माघ २६, पाल्पा । गुल्मी रुरु क्षेत्र गाउँपालिका थोर्गाकी राधिका भण्डारी केही वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएकी छन् । काठमाडौंमा बस्न थालेपछि उनीले ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना बिर्सिसकेकी थिइन् । संग्रहालयमा ऐतिहासिक सम्पदाहरु देख्दा मनै लोभ्याएको छ । पाल्पा दरबार संग्रहालयमा अवलोकनका लागि प्रवेश गरेपछि बालापनको सम्झना आयो । बाल्यकालमा डोको नाम्लो, हँसिया, बन्चरो, हलो, जुगा, ग्रागी ताउला तथा ऐतिहासिक वस्तुहरुको अवलोकन गर्न पाउँदा खुसी लागेको भण्डारीले बताइन् ।  ग्रामीण क्षेत्रमा रहेका पुराना वस्तुहरु देख्न मुस्किल भएको हो । बाउबाजेको पालाका सामग्रीहरु देखेर अहिले मनै लोभिन्छ, तस्वीरसमेत खिचेर रमाउन आतुर हुनेहरुमा कमी छैन । पाल्पा दरबार संग्रहालयको प्रदर्शनी कक्षमा यस क्षेत्रको इतिहास र संस्कृति झल्कने विभिन्न सामग्रीहरु राखिएको छ ।  पाल्पा दरबार २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । अहिले लुम्बिनी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत सो दरबारमा संग्रहालय सञ्चालनमा रहेको छ ।  क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ साल मंसिर ३ गते पाल्पा दरबारलाई संग्रहालय स्थापना गर्ने सरकारले निर्णय गरेको थियो । संग्रहलयको विकास भएसँगै लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा विकास भएको तानसेनका स्थानीय बासिन्दा दिवाकर अर्यालले बताए ।  विस २०७३ फागुन १५ गते दरबार संग्रहालयको उद्घाटन भएको थियो ।  तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा २०७० सालमा पुरानै शैलीमा पाल्पा दरबारको पुनर्निर्माण सम्पन्न भयो । क्षतिग्रस्त हुनभन्दा अघि सो दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायतका संरचना रहेको थियो । पाल्पामा तैनाथवाला प्रतापशमशेर राणा १९८२ सालदेखि १९८९ सालसम्म निर्माण गरिएको संरचना हो, पाल्पा दरबार । प्रतापशमशेर राणाको मृत्युपछि यो दरबार प्रयोगविहीन अवस्थामा रहेको थियो । बेलायती शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा निर्माण गरिएको पाल्पा दरबार राजा महेन्द्रले विसं २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए । पाल्पा दरबार संग्रहालयका कर्मचारी चन्द्रबहादुर ओलीका अनुसार पाल्पा दरबार संग्रहालयमा देश तथा विदेशबाट पर्यटकहरु अवलोकन गर्न आउने गरेको बताइन् ।  पहिला निकै पर्यटकहरु आउने गरेकामा अहिलो कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण यसमा केही कमी आएको उनको भनाइ छ । ऐहिासिक महत्व बोकेको पाल्पा दरबार संग्रहालय कोरोना महामारीका करण अहिले बन्द गरिएको छ । पाल्पा दरबार संग्रहालयभित्र बीचको तल्लामा जनजाति, थारू, मगर जातिको पहिचान झल्ने वेशभूषा रहेका छन् । माथिल्लो तल्लामा नेपाल अंग्रेज युद्धमा प्रयोग भएका तोप, हातहतियार, नेपाली सैनिकका पोसाकहरु राखिएका छन् । तल्लो तल्लामा पाल्पा आसपासका क्षेत्रका तस्बिर राखिएको छ ।  राणाकालीन समयमा पाल्पा राजनैतिक तथा प्रशासनिक केन्द्रसमेत रहेको थियो । प्रतापशमशेर राणाले स्थापना गरेकोे पाल्पा दरबार, प्रशासनिक कार्यालय, अहिले संग्रहालयका रुपमा विकास गरिएपछि पाल्पा पर्यटकीय आकर्षण केन्द्र बनेको छ ।  देववाणी संस्कृति तथा साधारण माविका शिक्षक शेषनारायण चालिसेले पाल्पा दरबार पाल्पाको मात्र पहिचान नभई नेपाल मुख्य सम्पदाका रुपमा रहेको बताइन् । दरबारमा रहेको ऐतिहासिक वस्तुले नेपालीपनको झल्को प्रदान गरेकाले पछिल्लो पुस्तामा ज्ञानको समेत संग्रहालय रहेको उनले बताइन् ।  विद्यालयका कतिपय विषयको अभ्यास शिक्षण गर्न यो दरबार निकै महत्वपूर्ण संरचनाको रुपमा विकास भएको उनले बताए । ऐतिहासिक वस्तुहरुको पहिचानका लागि देशका विभिन्न क्षेत्रबाट शिक्षक तथा विद्यार्थीहरु यहाँ घुइँचो लाग्ने गरेको छ ।  पाल्पा दरबारलाई संग्रहालयका रुपमा विकास गरेपछि पर्यटन आगमनले पाल्पालीलाई थप उत्साह थपेको स्थानीय बासिन्दा तीर्थप्रसाद गौतमले बताए । रासस

सबै थारू गाउँमा चुनिए अगुवा ‘बरघर’

२०६२ सालमा खोज पत्रकारिता केन्द्रको लागि फेलोशिपअन्तर्गत ‘विकासमा बरघरको भूमिका’  शीर्षकमा मैले रिपोर्टिङ गरेको थिएँ । मलाई लाग्छ, त्यसबेला मैले गरेको रिपोर्टिङमा डेढ दशकपछि पनि थारू गाउँको नेतृत्वकर्ता बरघर र उसको काम गर्ने प्रणालीमा खासै फेरबदल आएको छैन । त्यसबेला दाङदेउखुरी, बर्दिया लगायतका विभिन्न गाउँ चहार्दै बरघरहरूसँग भलाकुशारी गर्ने अवसर जुरेको थियो । त्यसबेलाको सम्झना समेट्दै बरघरहरूको वर्तमान परिवेश नियाल्ने प्रयास प्रस्तुत लेखमा गरिएको छ ।थारू समुदायमा गाउँका अगुवाको

कमजोर हुँदै माघी र स्वतन्त्रताको मर्म

सधैंझैं शनिबार थारू समुदायको नयाँ वर्ष सुरु भयो । वर्ष नयाँ भए पनि सम्झना पुरानै थिए । कोरोना महामारी र नयाँ पुस्तामा आएको परिवर्तनले माघीको मौलिकता अब सम्झनामा बाँकी रहेको थारू अगुवाले अनुभव सुनाए ।

थारू समुदायका आभूषण र पहिरन लोप हुँदै

कञ्चनपुर :  कञ्चनपुरको जोनापुरकी ६० वर्षीया आशा रानी चौधरीलाई परम्परागत् आभूषण र पहिरन लगाएको सम्झना मात्रै छ। परम्परात भेषभूषा जोगाउन नसकेकोमा उनी चिन्तित् छिन्। आधुनिकताको प्रवेशले थारू समुदायका आभूषण र पहिरन लोप हुने अवस्थामा पगेका छन्। आधुनिक युवाहरूले परम्परागत ढंगबाट तयार पारिएका अभूषण र पहिरन लगा...

भुइँमान्छेबारे लेखिएको अग्लो किताब

२०६९ सालमा नेपालका दैनिक पत्रिकामा प्रधानमन्त्री बाबुराम भट्टराई मुसहर, दलित, थारू आदि उत्पीडित मानिसहरूका घरमा बास बस्न पुगेको समाचार छापिएका थिए । यो समाचार अहिले पनि धेरैले सम्झन्छन् । तर कति समाचार छापिँदैनन्, छापिइहाले पनि त्यस्ता समाचारको सम्झना मानिसलाई हुँदैन तर ती दूरगामी महत्त्वका हुन्छन् ।