ललितपुरमा चिरीबाबुको दोब्बर अग्रता कायमै

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन्। ७ हजार ३ सय २६ मत गणना गर्दा महर्जनले ४ हजार २ सय ७ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण ब्याञ्जनकारले १ हजार ५ सय ३४ मत प्राप्त गरेका छन्। अहिले मतगणना ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच जारी छ।मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरपालिका २९ वडा छन्। एक लाख २२ हजार ८ सय मतदाता रहेकोमा ७२ प्रतिशत मत खसेको कार्यालय

सम्बन्धित सामग्री

बुटवलमा काँग्रेसको करिब दोब्बर अग्रता , एमालेसँग राप्रपा पर्यो पछि

रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ हजार ७५ गणना भएको छ ।  गठबन्धनबाट नेपाली काँग्रेसका मेयरक उम्मेदवार खेलराज पाण्डेले १३ सय ५५ मतका साथ अग्रता कायमै राखेका छन् । यस्तै नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीका साझा उम्मेदवार एमालेका बाबुराम भट्टराईले ७ सय ४ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले ५०९ मत ल्याएर एमालेलाई पछ्याइराखेका छन् ।

ललितपुरमा एमालेभन्दा कांग्रेसको दोब्बर अग्रता

काठमाडौं : ललितपुर महानगरपालिकामा नेकपा एमालेको भन्दा नेपाली कांग्रेसले दोब्बर अग्रता कायमै राखेको छ। दुई सय मत गणना गर्दा गठबन्धनको साझा उम्मेदवार चिरिबाबु महर्जन ११० मत ल्याएका छन्। भने, एमालेका हरिकृष्ण व्यान्जनकारले ४६, राप्रपाका अष्टबहादुर महर्जन १२,  विवेकशीलका उज्ज्वल कृष्णले २ मत ल्याएका छन्। यस्तै, एमालेका उपप्रमुखमा एमालेकी मन्जली शाक्य बज्राचार्य ६४ ल्याएर ल्याएर अगाडि छिन्। गठबन्धनको साझा उम्मेदवार माओवादीका बाबुराज बज्राचार्यले २० मत मात्रै ल्याएका छन्। भने राप्र