हवाई उडानमा वृद्धि, दैनिक ८३ वटा उडान

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कमभएसँगै सरकारले निषेधज्ञा खुकुलो बनाएपछि हवाई उडान वृद्धि भएको छ । त्रिभुवन विमानस्थलको तथ्याङक अनुसार दैनिक ८३ वटा आन्तरिक उडान हुने गरेको छ । विमानस्थलको तथ्याङकअनुसार आइतबार ८२ वटा आन्तरिक उडान भएका थिए । यी मध्ये आठ हजार ८७४ यात्रुले हवाई मार्गबाट यात्रा गरेका छन् । आइतबार मात्र चार हजार १९३ यात्रु काठमाडौंबाट बहिरिएका थिए भने चार हजार ६८१ जना यात्रु काठमाडौं प्रवेश गरेका थिए । कोभिड संक्रमणको दर कम भए पनि विमानस्थलले भने स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्दै आएको विमानस्थलका महाप्रवन्धक प्रतापबहादुर तिवारीले जानकारी दिनुभयो । विमान सञ्चालक कम्पनी र यात्रुलाई समेत स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्दे सुरक्षित हवाई उडान गराउँदै आएको उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, खुल्नै सकेन अन्तर्राष्ट्रिय विमानस्थल

भिजिविलिटी अपुग हुँदा त्यसको मार पोखराबाट हुने हवाई उडानमा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको विमानस्थलले बताएको छ। शनिबार दिउँसो तीनबजेसम्म पोखरा विमानस्थल खुल्न सकेको छैन।...

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, खुल्नै सकेन अन्तर्राष्ट्रिय विमानस्थल

भिजिविलिटी अपुग हुँदा त्यसको मार पोखराबाट हुने हवाई उडानमा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको विमानस्थलले बताएको छ। शनिबार दिउँसो तीनबजेसम्म पोखरा विमानस्थल खुल्न सकेको छैन।...

हवाई उडानमा तुँवालो बाधक

एकसातादेखि पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको छ। तुँवालोका कारण भिजिविलिटी नपुग्दा विभिन्न गन्तव्यमा हुने उडान प्रभावित भएका हुन्। उडान प्रभावित हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। पछिल्लो एकसातादेखि दिनहुँ आधाजसो उडान रद्द भईरहेका छन।...

कमजोर भिजिबिलिटीका कारण काठमाडौंबाट हुने हवाई उडान प्रभावित

१४ चैत, काठमाडौं । काठमाडौंमा प्रतिकूल मौसकको असर हवाई उडानमा परेको छ । काठमाडौंको आकास धुम्मिएको छ । जसले गर्दा भिजिबिलिटी घटेको छ । यसले त्रिभुवन विमानस्थलबाट हुने हवाई उडान एवं अवतरणहरु प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । भिजिबिलिटी कमजोर भएको अवस्थामा सामान्यतया जहाजहरुको दूरी अन्तर बढी राखेर अवतरण वा उडान गराउनु पर्ने हुन्छ […]

मुगुमा नियमित हवाई सेवा सुचारु

हिमाली जिल्ला मुगुमा एक साता अघिदेखि नियमित रूपमा हवाई उडान सुचारुमा आउन थालेका छन् ।  पुस महिनाको हिमपातले गर्दा हवाई उडानमा प्रभावित पारेको थियो भने केही हप्तापछि मौसममा सुधार आए लगत्तै मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित रूपमा हवाई उडान भरेका हुन् । एक साता बढीसम्म रारा विमानस्थलमा हवाई जहाजले उडान नभर्दा यात्रु मर्कामा पर्ने गरेका थिए । लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको थियो । रारा विमानस्थलबाट मुगुदेखि नेपालगन्जसम्म जाने र नेपालगन्जदेखि मुगुस

प्रतिकुल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

आइतबार बेलुकादेखि निरन्तर भएको वर्षाका कारण पोखराको हवाई उडानमा सोमबार र मंगलबारको हवाई उडान प्रभावित भएका छन् । प्रतिकुल मौसमका कारण सोमबार पूर्ण रुपमा हवाई उडान प्रभावित भएको थियो भने मंगलबार करिब २ः३० बजे पछि मौसम अनुकुल भएसँगै १६ मध्ये ४ वटा मात्र हवाई उडान भएको नागरिक उडड्यन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले बताए […]

जहाजमा यात्रु बढेपछि प्रादेशिक उडानमा एयरलाइन्सको आकर्षण

२९ साउन, काठमाडौं । नेपालमा काठमाडौं केन्द्रित हवाई उडान अब क्रमशः क्षेत्रिय उडानमा बिस्तार हुने क्रममा छ । वायुसेवा कम्पनीहरुले एक प्रदेशबाट अर्को प्रदेशलाई लक्षित गरी शुरु गरेको यस्तो उडानबाट यात्रुलाई भने लाभ पुगेको छ । विगतमा नेपाल वायु सेवा निगम (नेवानी)ले क्षेत्रिय उडानमा योगदान गरिरहेको थियो । तर, नेवानीको आन्तरिक उडान धरासायी बनेसँगै नेपालमा […]

जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु

कोरोना रोकथामका लागि तेस्रो मुलुक हवाई उडान रोकेको सरकारले चीन, कतार र टर्कीका भने उडान खुला गर्ने निर्णय गरेको छ । चार्टरका उडानमा बढी भाडा असुलेको गुनासो आएपछि उडान गर्न दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताए । नेपाल आउनेले संक्रमण विरुद्धको दुवै मात्राको खोप लगाएको भए १० दिन होम क्वारेन्टिनमा बस्नु पर्नेछ ।

भोलिबाट आन्तरिक हवाई उडान बन्द, बैशाख २२ गतेबाट अन्तर्राष्ट्रिय उडानमा रोक

काठमाडौं, १९ बैशाख । मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले भोलिबाट आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण द्रुत गतिमा फैलिएको अवस्थामा सरकारले आन्तरिक उडान भोलि मध्यराति १२ बजेबाट र अन्तर्राष्ट्रिय उडान बैशाख २२ गतेबाट बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । तर, आन्तरिक तथा बाहृय चार्टर्ड […]