प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ। आइतबार बसेको राप्रपाको आकस्मिक बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। आइतबार बालकोटमा बसेको बिभिन्न दलका बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको नेतृत्व दिने निर्णय गरेको थियो।