दैलेखको ठाटीकाँधमा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिकामा माद्यामिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। ५८औँ राष्ट्रिय बालदिवसको अवसरमा ठाटीकाँध गाउँपालिकाको आयोजना र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सम्पन्न भएको हो। ठाटीकाँध गाउँपालिकाको ३० हजार र सामाजिक सेवा केन्द्र सोसेकको १६ हजार गरी ४६ हजार बराबरको कार्यक्रम गरिएको सहकार्य परियोजना ठाटीकाँधका संयोजक जीवराज रेग्मीले बताए। उनका […]

सम्बन्धित सामग्री

रासस वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता

काठमाडौँ, ६ फागुन । राष्ट्रिय समाचार समिति (रासस)को ६३औँ वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठानद्वारा आज आयोजित प्रतियोगितामा ओमप्रकाश बोहोरा नेतृत्वको टोली प्रथम भएको छ । प्रथम हुने टोलीमा शशिधर अधिकारी र सन्तोष अरङ्गह्वा थारु थिए । प्रतियोगितामा भीष्मराज ओझा नेतृत्वको टोली दोस्रो भएको थियो । उक्त टोलीमा […]

फुटबल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं ।   एनके सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालयद्वारा आयोजित तेस्रो अन्तर विद्यालय स्तरीय फुटबल हाजिरी जवाफ प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगितामा ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरका आयुषराज पन्त र सिद्धार्थ तामाङको समूह प्रथम, आइडल मोडल स्कुलका कृश शाही र प्रणय महर्जनको समूह द्वितीय, सैनिक आवासीय महाविद्यालय भक्तपुरका सुगम बस्नेत र विधित उपाध्यायको समूह […]

कपिलवस्तुमा अखिल (छैठौं) को हाजिरीजवाफ प्रतियोगिता

केरसिंह अदै/तौलिहवा ।। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) कपिलवस्तुले आज माघ १० गते खरेन्द्रपुरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अखिल (छैठौं) का जिल्ला सचिवालय सदस्य टिना अदैको उपस्थिति तथा अखिल (छैठौं) शिवराज नगर समिति अध्यक्ष सञ्जिला बुढामगरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा ६० वटा प्रश्न चार वटा ग्रुप बनाएर सोधिएको थियो, जसअनुसार खरेन्द्रपुर ग्रुप, चनौता ग्रुप, नयाँबस्ती ग्रुप र मधवा धनगदव ग्रुपमा विभाजन गरिएको थियो । कार्यक्रममा खरेन्द्रपुर ग्रुपले २१ प्रश्नको जवाफ दिएर प्रथम भएको थियो । त्यसैगरी नयाँबस्ती ग्रुपले १० वटा प्रश्नको जवाफ दिएर दोस्रो स्थान प्राप्त गरेको थियो । मधवा धनगडवा ग्रुपले आठ प्रश्नको जवाफ दिएर तेस्रो स्थान लिएको थियो । चनौता ग्रुपले छ वटा प्रश्नको जवाफ दिएर चौथो स्थान हासिल गरेको थियो । प्रतियोगिता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (छैठौं) जिल्ला समितिले कपी, डटपेनलगायत पुरस्कारको व्यवस्था गरेको थियो । कार्यक्रममा अखिल (छैठौं) शिवराज नगर समितिकी कोषाध्यक्ष भारती भण्डारी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार केरसिंह अदैको पनि उपस्थिति रहेको थियो ।

हिँड्दा हिँड्दै हाजिरीजवाफ

श्रीकृष्ण प्रणामी युवा परिषद्, इटहरी, सुनसरीको सक्रियतामा मंगलबार इटहरी र यस आसपासका क्षेत्रमा खुल्ला सडक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।