नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि भेटियो दम्पतीको शव

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता भएका दम्पतीको पाँच दिनपछि शव फेला परेको छ । साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता विक उत्तरगंगा नदीमा बगेर बेपत्ता भएका थिए ।उनीहरुको दुवैको शव फरक–फरक ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनिचनको शव सल्यानको बनगाडकुपिन्डे नगरपालिकास्थित भेरी नदीको किनारमा फेला परेको छ भने श्रीमती अमृताको शव रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास

सम्बन्धित सामग्री

बेपत्ता दुई जनाको शव फेला

काठमाडौं । कालिकोटको कर्णाली नदीमा दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । गत शनिबार कर्णालीको त्रिवेणी गाउँपालिकास्थित फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोता खोरले फेला पारेको सशस्त्र प्रहरीले जनाएको हो । बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय […]

अछाम पहिरो : बेपत्ता २२ जनाकै शव भेटियो

अछाममा पहिरोमा परी बेपत्ता सबै २२ जनाकै शव भेटिएको छ। आइतबार बिहान तुर्माखाँदका १३ वर्षीय सुन्दर शाहीको शव भेटिएपछि बेपत्ता सबै २२ जनाको शव भेटिएको हो। यसअघि शनिबार राति अबेर...

एक सातादेखि बेपत्ता पुरुषको शव फेला

काठमाडौँ- दोलखाको जिरी नगरपालिकाबाट एक सातादेखि बेपत्ता रहेका पुरुषको शव फेला परेको छ । जिरी नगरपालिका ९ खर्क खोलामा उनको शव फेला परेको प्रहरीको भनाइ छ । एक सातादेखि बेपत्ता जिरी नगरपालिका–९ होसिङगाका ४१ वर्षीय राजन खत्रीको शव खोला किनारमा फेला परेको प्रहरीको भनाइ छ । भदौ १६ गतेबाट बेपत्ता भएका उनको शव खोला किनारमा […]

बेपत्ता किशोरको शव फेला

झापाको गौरादह नगरपालिकास्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ । गौरादह–९ स्थित कमल खोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय  उज्जवल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।उज्जवल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनापछि अस्थायी प्रह

भेरीमा बेपत्ता बालबालिका : एकको शव भेटियो

सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जनाको शव फेला परेको छ । शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका लेकबेँसी नगरपालिका–५ नेटाका आठ वर्षीय दिनेश बुढामगरको शव आज भेरी पुल नजिक भेटिएको हो । बेपत्ता बालबालिकाको खोजीका लागि सुर्खेत नम्बर ३२ रक्तकाली गणबाट विपद् उद्धार तथा बाँकेको शम्शेरगञ्जस्थित रिजर्भ गणबाट गोताखोर टोली परिचालन गरिएको थियो । रक्तकाली गण सुर्खेतका प्रमुख विमल डाँगीले मेहेलकुना अस्पतालमा परीक्षणपछि शव परिवारलाई बुझाइएको जानकारी दिए । दिनेशसँगै बेपत्ता

बेपत्ता विष्टको शव फेला

महाकाली नदीमा दुई दिन अघि नुहाउने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ऐरीका २२ वर्षीय सुनिल विष्टको शव प्रहरीले आज फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विष्टको शव झोलुङ्गे पुल नजिक फेला परेको हो ।बुधबार साथीसँगै महाकालीमा नुहाउन गएका विष्ट नदीमा बगेर बेपत्ता भएका थिए । प्रहरीले भने विष्ट नदीमा बगेर वेपत्ता भएको जानकारी बिहीबार मात्रै पाएको थियो । नदीमा बगेर बेपत्ता भएको जानकारी पाइएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा शुक्रबार शव फेला पारिएको हो । विष्टस

आठ दिनपछि भेटियो बेपत्ता बालिकाको शव

हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मङ्गलबार फेला परेको हो ।बालिका वेपत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चेपमा बालिकको शव रहेको स्थानीयवासीले खबर गरेपछि प्रहरी टोली पुगेको थियो । शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पता

बेपत्ता युवकको शव भेटियो

काठमाडौं : पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका–३ सर्दीस्थित डम्रे खोलाले बगाएर बेपत्ता भएका एक युवकको शव फेला परेको छ।बझाङ स्थायी घर भई २४ वर्षीय लक्ष्मण बोहोरा माछा मार्ने क्रममा बेपत्ता भएका थिए। उनको शव सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा वेश सर्दीबाट खटिएको सशस्त्र प्रहरीले उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो।

त्रिशूलीमा बेपत्ता शव फेला

चितवन । नदीमा बेपत्ता भएको चार दिनपछि एक जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित त्रिशूलीमा पौडी खेल्ने क्रममा यही वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव आज फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष […]