इलोन मस्कले गरे ट्विटरका सम्पूर्ण बोर्ड सदस्य बर्खास्त

इलोन मस्कले ट्वीटरको बोर्ड अफ डाईरेक्टरलाई बर्खास्त गरेका छन् । योसँगै अब मस्क उक्त सामाजिक सञ्जालका एकल निर्देशक भएके कम्पनी फाइलिंगले देखाएको छ ।  सोमबार ‘अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)’ मा पेस गरिएका दस्तावेजअनुसार गतहप्ता कम्पनीको अधिग्रहणलाई अन्तिम रूप दिएपछि मस्क ट्विटरको ‘एकल निर्देशक’ बनेका हुन् । विद्युतीय कार कम्पनी टेस्लाका सीईओ (प्रमुख कार्यकारी अधिकारी) मस्कले सोमबार यसबारेमा ट्वीट गर्दै यो व्यवस्था ‘अस्थायी’ भएको बताएक