संघीय सरकार चुपचाप, आधा दर्जन बढी स्थानीय सरकारले दिए पृथ्वी जयन्तीमा बिदा

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राप्रपालगायतका दलले आग्रह गर्दै आएपनि संघीय सरकार मौन बसेको छ । हरेक वर्षको पुस २७ गते ‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको जन्मदिनलाई पृथ्वी जयन्तीको रुपमा मनाउने गरिन्छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन आग्रह गर्दै पुस १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पेश गरेका थिए । सो क्रममा देउवाले बिदा दिनेबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर निर्णय गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै