कैलाली जिल्ला अध्यक्षलाई एमालेको तीन दिने स्पष्टिकरण

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घातको आरोपसहित एमाले जिल्ला कमिटी कैलालीले जिल्ला अध्यक्ष रतन थापालाई तीन दिने स्पष्टिकरण सोधेको छ । जिल्ला इन्चार्ज नारदमुनि रानाले असार ५ गतेको मितिमा अध्यक्ष थापालाई २३ बुँदे स्पष्टिकरण सोधेका हुन् । उनलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ नपठाए पार्टी विधान बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ । ‘तपाई जिल्ला पार्टी अध्यक्षको हैसियतले समग्र जिल्लाभरी नेकपा एमालेका सवै उम्मेदवारहरूलाई जिताउने योजना बनाइ लाग्नुपर्नेमा सो नगरी चु