खाना पकाउने ग्यासका ९९ प्रतिशत उपभोक्तामाथि अन्याय

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले नेपालका ९९ प्रतिशत उपभोक्तालाई अन्याय भएको बताएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनका ग्राहकलाई २० प्रतिशत छुट दिएपछि संघले यस्तो बताएको हो। भनेको छ, “देशभर साल्ट ट्रेडिङका जम्मा १ प्रतिशत उपभोक्ता छन्। ती पनि उपत्यकामा मात्रै।” नेपालमा सञ्चिालित अन्य ५७ वटा ग्यासका उपभोक्तामाथि भने अन्याय भएको संघको दाबी छ।