एमाले संगठन विभाग प्रमुख अधिकारीलाई कारबाही गर्न बस्नेतको माग

नेकपा (एमाले)का नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन् । नेता अधिकारीमाथि संगठन विभाग चलाउन अयोग्य रहेको आरोप लगाउँदै उक्त जिम्मेवारीबाट मुक्त गर्नुपर्ने नेता बस्नेतले माग गरेका हुन् ।