धनगढीमा आपतकालीन केन्द्रको सुरुवात

कैलालीको धनगढी उपमहानगरपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्रको सुरुवात भएको छ । केन्द्रको  धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र युरोपेली संघका राजदूत नोना डिप्रेले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।नेपालका लागि युरोपेली संघका राजदूत डिप्रेले भूकम्पीय जोखिम र बढ्दो शहरीकरणका कारण हुने गरेको आगलागीका घटनाका साथै बाढीजन्य विपद् व्यवस्थापन र न्यूनीकरणमा उक्त केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वास लिएकी छन् ।विपद् पूर्वतयारी, प्रतिकार्य तथा विपद् पश्चातको व्यवस्थापनम