राजनीतिक दलका शीर्ष नेताहरूले सत्ताको दाउपेचको माध्यम बनाउँदा संक्रमणकालीन न्याय टुंगिन सकेको छैन । सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष बित्दा पनि संक्रमणकालीन न्याय प्रक्रिया नटुंगिनु विडम्बना नै हो । यसबीचमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं तीन पटक प्रधानमन्त्री भइसकेका छन् तर द्वन्द्वकालीन मुद्दाको निरूपण प्रक्रिया जहाँको तहीँ छ ।