घुस लिएको आरोपमा सफाइ पाएका सडक डिभिजन प्रमुख चौधरी अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

काठमाडौं । सडक डिभिजन कार्यालय मोरङका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरी अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । विशेष अदालतले आइतबार उनीविरुद्धका दुईवटा मुद्दाको फैसला गर्दै घुस लिएको आरोपमा सफाइ दिएको छ भने अकुत सम्पत्ति आर्जनमा दोषी ठहर्‍याएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ सालमा जितेन्द्रविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष […]