निर्वाचनको नाममा मनपरी खर्च : पाँच वर्षअघि खरिद गरिएको २२ करोडको प्रिन्टर र ५८१ थान ल्यापटप प्रयोगविहीन

निर्वाचन गराउने नाममा निर्वाचन आयोगले अनावश्यक वस्तु खरिद गरी राज्यको खर्च बढाउने कार्य गरेको पाइएको छ । आयोगले २०७४ सालमा सम्पन्न निर्वाचनलाई लक्षित गरी खरिद गरेको करिब २२ करोड रुपैयाँको प्रिन्टरहरु हालसम्म प्रयोगमा आउन सकेका छैनन् । प्रयोग नै नहुने वस्तु किनेर आयोगले राज्यको खर्च बढाएको आरोप महालेखापरीक्षकको कार्यालयले लगाएको छ । आयोगले २०७४ सालमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य तीनवटै तहको निर्वाचन सम्पन्न गरेको थियो । उक्त निर्वाचनको लागि आवश्यक पर्ने निर्वाचन सामाग्री छपाइको लागि

सम्बन्धित सामग्री

सर्वसाधारण बिल तिर्न नसकेर अस्पतालमै बन्धक, पहुँचवालालाई मनपरी खर्च

कार्यविधिविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यान्वयनमा जुटेका छन् तर गृहभित्रै यस्तै बेथिति उपचार खर्चका नाममा भइरहेको छ जहाँ विपन्न सर्वसाधारण उपेक्षित छन्, पहुँचवालाको हालीमुहाली छ ।

डेंगी परीक्षणमा मनपरी शुल्क

डेंगी परीक्षणका नाममा अस्पतालहरूले मनपरी शुल्क असुलिरहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीका अनुसार परीक्षण किटको मूल्य र खर्च जोड्दा ५ सय रुपैयाँसम्ममा डेंगी परीक्षण गर्न सकिन्छ । यसका लागि छुट्टै जनशक्ति पनि आवश्यक पर्दैन तर निजी अस्पतालहरूले पाँच गुणाभन्दा बढी शुल्क लिइरहेका छन् ।

मधेश सरकारको मनपरी : डीपीआर र अनुसन्धानकै नाममा ६० करोड खर्च

जनकपुरधाम- मधेश प्रदेश सरकारले डीपीआर तथा अध्ययन अनुसन्धानकै नाममा आफैले बनाएको कानुनविपरीत चालू आर्थिक वर्ष २०७९/०८० मा खर्च तयारी अघि बढाएको छ। प्रदेश सरकारले प्रत्येक वर्ष विभिन्न योजनाहरुका लागि करोडौँ रुपैयाँ बजेट खर्चिदै आएको छ, चालू आर्थिक वर्षमा समेत कानुन विपरीत ६० करोड भन्दा बढी बजेट छुट्याएको छ । जुन वि...

रोल्पाका डाँडामा भ्यूटावर : पर्यटन विकासका नाममा मनपरी

१४ चैत, रोल्पा । शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार विकासमा पछि परेको रोल्पामा चार करोड रुपैयाँ खर्च गरेर भ्यूटावर बनाइएको छ । रोल्पा नगरपालिका–२ सातदोबाटोमा नगरपालिकाले बनएको भ्यूटावरको सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल …

प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा मनपरी , तीन वर्षमा सकियो १७ अर्ब

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा मनपरी खर्च गरेको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ बाट पाँच वर्षको लागि भनि सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा हालसम्म १६ अर्ब ९३ करोड ९० लाख रुपैयाँ निकास तथा खर्च भइसकेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाउने अधिकांश दलका कार्यकर्ता रहेका छन् । रोजगार गरे वापत […] The post प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा मनपरी , तीन वर्षमा सकियो १७ अर्ब appeared first on राजधानी राष्ट्रिय दैनिक.

धनगढी उपमहानगरको बेथिति : ६१ लाख बढी खानामा खर्च, मृतकका नाममा भत्ता

धनगढी : धनगढी उपमहानगरपालिकाले ऐन र कार्यविधि विपरीत विभिन्न शिर्षकमा बजेट खर्च  गरेको भेटिएको छ।उपमहानगरले ऐन तथा कार्यविधि विपरित खर्च गर्ने र योजना छनोट तथा वितरणमा समेत मनपरी गर्ने गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।  प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/७५ मा मात्रै धनगढी उपमहानगरपालिकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ (२) विपरीत गएर एउटै प्रकृतिका कार्यलाई टुक्रा टुक्रामा विभाजन गरी पटकपटक सरसफाईका सामान खरिद गरी ६३ लाख ३२ हजार ९ सय ५८ रुपैयाँ खर्च देखाएको छ। यो सार्

कोभिडका नाममा स्थानीय तहको ‘मनपरी’

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कोभिडको समयमा २४ हजार थान साबुन खरिद ग¥यो। तीमध्ये पाँच हजार दुई सय ६० वितरण भएको र एक सय ४४ वटा मौज्दात देखियो। तर, चार लाख ९० हजार मूल्यको १८ हजार पाँच सय ९६ थान साबुन ‘गायब’ छ। महालेखाको ५८ औं प्रतिवेदनअनुसार स्थानीय तहमा कोभिड नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण र स्वास्थ्य सामग्री खरिदमा मनपरि गरेको पाइएको छ। प्रतिवेदनका अनुसार महोत्तरीको मटवानी नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनामा २४ लाख रुपैयाँ खर्च ग¥यो। जसमध्ये १८

गृहमन्त्री र सचिवले सुराकीमा बाँडे १ करोड ४८ लाख

गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च गरेका छन् ।

जितपुर सिमरा उपमहानगरमा अख्तियार

समाचारको प्रभाव बाराको सिमरास्थित कोरोना अस्थायी अस्पतालमा आर्थिक अनियमितता देखिएको भन्दै अख्तियारले अनुसन्धान थालेको छ ।जितपुर सिमरा उपमहानगरले संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा सर्वदलीय समिती बनाइ सञ्चालन गरेको उक्त अस्पतालमा नीति तथा विधिको प्रयोग नगरी मनपरी खर्च गरेको समाचार कारोबारमा प्रकाशित भएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो ।समितिका संयोजक तथा उपमहानगर प्रमुख कृष्ण पौडेलले समिति […]