हेल्थ टिप्स- मुटु जोगाउन छाड्नै पर्छ यी १० खराब बानी

मुटु मानव शरीरको एक प्रमुख जीवनदायी अंग हो । मुटु स्वस्थ राख्न हामीले केही खराब बानी त्याग्नै पर्छ ।  चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुर्‍याउँछन् र मुटुमा असर पुग्छ । चुरोट पिउँदा पनि रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ । धेरै रक्सी पिउँदा उच्च कोलेस्टेरोल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् । धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ । शारीरिक काम नगर्दा रक्तप्रवा...