थप कडाईका साथ काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

काठमाडौं उपत्यकामा दुई सातादेखि जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गरिएको छ । अघिल्लो साता वैशाख २९ गतेसम्म एक हप्ता थप गरिएको निषेधाज्ञा उपत्यकामा कोरोना संक्रमण अरु तीब्र हुँदै गएपछि १५ दिन थप गरिएको हो । मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसअघिको भन्दा अरु कडाईका साथ निषेधाज्ञा जेठ १३ गतेसम्म थप …

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा विद्यालयबाहेक सवै चल्न पाउने

भोलिदेखि काठमाडौं उपत्यका विद्यालय बाहेकका सवै गतिविधि सञ्चालन गर्न पाइने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा खुकुलो पार्दै स्कुलबाहेक सवै क्षेत्र सञ्चालन गर्नेगरी निर्णय गरेको हो। भदौं...

थप खुकुलो बनाएर साउन १० सम्म थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा निषेधाज्ञा अझै खुकुलो पार्दै साउन १० गतेसम्मका लागि थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीवार बसेको बैठकले काठमाडौं उपत्यका प्रवेशलाई केही सहज बनाउने तर निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो । अब आवश्यक काममा काठमाडौं प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई सहजीकरण गर्ने निर्णय भएको छ ।  यसअघि सम्बन्धित जिल्लाबाट सिफारिश लिएर वा अत्यावश्यक काममा मात्र काठमाडौं प्रवेश गर्न पाउने नियम थियो । फिल्म हल, पार्टी प्यालेस लगायतमा यसअघि...

जोरबिजोर प्रणाली हटाइए पनि सडकमा देखिएन सवारीसाधनको चाप

काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमवारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौं उपत्यका बाहिर गएकाले धेरै सवारी मंगलवारदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । हाल काठमाडौं उपत्यकाभित्र मात्र सवारीसाधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । गत वैशाख १६ गते निषे...

काठमाडौं उपत्यका प्रवेश गर्न प्रशासनको सिफारिस अनिवार्य

चितवन, असार ९ । जारी निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि काठमाडौं उपत्यकामा प्रवेश गर्न अनिवार्य जिल्ला प्रशासन कार्यालयको सिफारिस चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त कुराको जानकारी गराएको हो । प्रशासनले जारी गरेको सूचनामा मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला […]

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो बनाउनुपर्छ : मेयर, शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनलाई केही खुकुलो बनाउने बताएका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा चेकजाँचलाई कडाइ गरेर जनजीवन सुचारु गर्ने उनको भनाई छ । चरणबद्ध रुपमा निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजान सकिने मेयर शाक्यले बताए । स्वास्थ्य सुरक्षा अपनाएर जनजीवनलाई नियमित गर्नुपर्ने आवाज उठ्न थालेपछि महानगरपालिका निषेधाज्ञा खुकुलो बनाउने निर्णयमा पुगेको मेयरले बताए ।

काठमाडौं उपत्यका जेठ ३१ गतेसम्म निषेधाज्ञा, किराना पसल बिहान ९ बजेसम्म खुला

काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जेठ २१ गतेबाट अत्यावश्यक खाद्यसामग्रीका पसलहरु बिहान ९ बजेसम्म खुला गर्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । त्यस्तै, अत्यावश्यक ढुवानीका साधन राति ९ बजेदेखि बिहान ११ बजेसम्म चल्न पाउने निर्णय भएको छ । सार्वजनिक सवारी साधन भने जेठ ३१ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ ।

थप कडाइका साथ काठमाडौं उपत्यकामा एक साताका लागि थपियो निषेधाज्ञा

जेठ ११, काठमाडौं । कोभिड ­-१९ संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौं उपत्यकामा यही जेठ २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप कडाइका साथ जारी आदेश यही जेठ १४ गते बिहान १ बजेबाट लागू हुनेछ ।  काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहितको मंगलवारको बैठकले आगामी एक साता निषेधाज्ञा लम्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । यसअघिको यही १३ गते राती १२ बजेसम्मका लागि आदेश जारी भएको थियो । यसपाली भने किराना पसल पनि बन्द गरिएको छ । बिहानी बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ । उनका अनुसार यसपाली निषेधाज्ञमा अत्यावश्यक खाद्य सामग्री (तरकार, फलफूल, दुध, डेरी, मासु, खानेपानी र ग्याँस) खरीद, विक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि विहान १० बजेसम्म खुला गरिएको थियो । अहिले थपिएको समयमा भने खाद्यान्न, किसाना पसल तथा डिपार्टमेन्ट स्टोर्सलगायतका अन्य पसल सञ्चालनमा रोक लगाइएको छ ।  विगतमा उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो । अहिले तेस्रो पटक म्याद थप गरेर आदेश लागू गरिएको छ । सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।  सोही अधिकार प्रयोग गर्दै जारी गरिएको आदेशामा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुद सञ्चालन गर्न पाइने छैन ।  औषधी, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ ।  अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सार्वजनिक एबं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुने छ ।   अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, ईन्धन खाना पकाउने ग्याँस, दुरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन सरफमाईमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।  खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, ईन्धन, खाना पकाउने ग्याँस, दुरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा व्यानर राखेर राती ९ देखि बिहान ९ बजेसम्म गाडी सञ्चालन गर्न पाइने छ । तोकिएको तरकारी बजार बाहेकका क्षेत्रमा विक्री बन्द गर्ने र थोक बजारमा फुटकर विक्री गर्न नदिइने आदेशमा भनिएको छ । अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था/संस्थान, बीमालगायतका कार्यालयको सेवा स्थगन गरिएको छ । सरकारी कार्यालय, संस्थान, बैंक, इन्टरनेट सेवा प्रदायक संस्थाको सवारीसाधान  बिहान  ९:३० देखि १०:३० र साँझ ५ देखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैँकको हकमा प्रधान कार्यालयसहित दुई शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । यसअघि २५ प्रतिशत सम्म जनशक्ति राख्न सकिने व्यवस्था थियो ।  बैंकका गाडी जम्मा दुई मात्रै सञ्चालन गर्न पाइने छ । सबै अनुगमन प्रशासन कार्यालयले गर्ने भनिएको छ । यस्तै सार्वजनिक तथा निजी विकास निर्माणका काम तथा ढुवानीका सबै गतिविधि सञ्चालनमा रोक लाइएको छ । अन्तरराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, प्रवेशाज्ञा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने जानकारी दिइएको छ । रासस

कोरोना तीव्र गतिमा फैलिएको राजधानीमा के गर्दैछन् स्थानीय सरकार ? यस्तो छ तयारी

कोरोना महामारीको दोस्रो लहरबाट देश फेरि पनि प्रभावित बनेको छ । देशका कतिपय प्रभावित जिल्लामा स्थानीय प्रशासन(जिल्ला प्रशासन कार्यालय)ले निषेधाज्ञा आदेश जारी गरेको छ। सोही क्रममा काठमाडौं उपत्यकामा पनि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । देशका अन्य भू-भाग जस्तै काठमाडौं उपत्यका पनि कोरोना महामारीको दोस्रो लहरबाट प्रभावित बनेको छ। उपत्यकाका निजीदेखि सरकारी अस्पतालका आईसीयू बेड तथा अन्य जेनरल वार्डका बेड भरिभराउ अवस्थामा छन् । यस्तो अवस्थामा आफ्ना नगरवासीलाई जोगाउनका लागि काठमाडौं उपत्यकाभित्रका तीनवटै स्थानीय सरक...

निषेधाज्ञामा यस्तो देखियो काठमाडौँको सुनसान दृश्य (फोटोफिचर)

काठमाडौं ।  कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका सुनसान देखिएको छ ।प्रहरीले अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना पनि गर्ने गरेको छ ।अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनिएकाले सडकमा गाडी र मानिसहरु छिटफुट मात्र देखिएको पाइन्छ । काठमाडौँको चावहिल, गौशाला, कोटेश्वर, बानेश्वर, माइतीघर, सुन्धारा र दरबारमार्गका दृश्य सुनसान जस्तै छ ।तस्वीरमा हेरौं