आफैं खडा गरेको फेसबुक पोलले हर्क साम्पाङलाई बुमर्‍याङ, पोस्ट हटाएर ‘रफ्फु भर्दै’

काठमाडौं । धरानका चर्चित मेयर हर्क साम्पाङ ईलाम २ को उपनचुनावमा पहिचानवादी धारका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई खुलेर समर्थन गरिरहेका छन् । सामाजिक सञ्जालदेखि सडकसम्म थेगिमको पक्षमा तीव्र प्रचारप्रसार गरिरहेका साम्पाङलाई आफैंले गरेको एउटा फेसबुक पोस्ट आत्मघाती बन्यो । साम्पाङले फेसबुकमा एउटा ‘पोल’ खडा गर्द लेखेका थिए, ‘यसपालि ईलामको उम्मेदवारमा कस्ले बाजी मार्छ ?’ ईलाम […]

सम्बन्धित सामग्री

फेसबुक पार्टी भनी उडाइएको अभियानले पाकिस्तानमा ल्याइरहेको हलचल

मैदानमा खडा गरिएका नयाँ उम्मेदवार र इमरानले जेलभित्रैबाट चलाएको अभियानले चुनावकै नक्सा बदल्यो । इमरान खान समर्थक युवाले हाँकेको सामाजिक सञ्जालका सामु नवाज शरिफ रक्षात्मक बन्न पुगे ।

टिकटकिया राष्ट्रवाद

सरकारले टिकटक भन्ने चिनिया एपलाई ड्याम्मै बन्द के गद्र्याथ्यो ठीकठाकसँग चलिरहेको देश अकस्मात् ठ्याक्कै दुई भागमा विभाजित भयो । कोही भन्छन्– सरकार उल्टो बाटो हिँड्यो, कोही भन्छन्– बल्ल सुल्टो हिँड्न खोजेको छ । कोही भन्छन्– सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गर्‍यो त कोही भन्छन्– टिकटकले गर्दा समाजमा विकृति मौलाएकाले ठोकेर ठीक गर्‍यो । कोही भन्छन्– प्रतिगमन भो, कोही अग्रगमन । कोही भन्छन्– सरकारले अमेरिका र भारतको कुरा सुन्योे, अब चीन रिसाउँछ । यसले राष्ट्र कमजोर बनाउँछ । जे होस्, यो टिकटकिया राष्ट्रवाद केही समय त राम्रै टिक्ने देखिन्छ । हाम्रो व्यवहार र व्यापार साँच्चै अनलाइन अर्थात् डिजिटल भैसक्या बेलामा सरकारले यसरी टिकटक झ्याप्पै बन्द चाहिँ गर्न हुन्नथ्यो रे । विकृति मौलाए पनि सके नियमन, नसके अनुगमन, त्यो पनि नसके मात्रै बिस्तारै बिस्तारै बन्द गर्‍या भे चैं हुन्थ्यो रे । देश कति धेरै डिजिटल र टिकटकमय भैसकेछ भने सुन, चाँदी, हीरा, मोतीसम्म पाइने सुपरमार्केट र मलहरूमा जुम्लाको स्याउदेखि हुम्लाको हुक्कासम्म, सिन्धुलीको जुनारदेखि सिलगुडीको सुनारसम्मले टिकटकबाट अपारको व्यापार गरिरा रछन् । हुन पनि अब शोरुम सजाएर, जागीरे जोताएर र लगानी जुटाएर किन पो व्यापार गर्नु ? अल्छी ग्राहकलाई बल्छी हान्न छाडेर को टन्टा बोकोस् । सबैलाई अनलाइनमै खरीद गर्नु छ । खरीददारहरू सबै चिसो एसी चालू गरेर डबल बेडमा घुरिरहेका छन् वा भित्तामा अड्याइएका मोबाइलमै टिकटक हेर्न मस्त छन् । अनि पैसा धेरै लगानी गरेर कानूनी बाटो रोज्ने चाहिँ त्रस्त छन् । तर अहिले सुकेका नरिवल र फुकेका नेता दुवैको भाउ बढिरहेको छ । अफसिजनमा यस्तै हुन्छ । नेता सधैं नरिवलको तुलनामा ज्यादा बिकाउ हुने गरेका छन् । अमला र अम्बा कडा छन् । यतिबेला नेताहरू बेचिनका लागि हरेक चौबाटोमा खडा छन् । सारा सामान अनलाइनमा बिकिरहेका छन् । नेताजी भने अनलाइन, अफलाइन, बेलाइन अनेक प्रकारले बिकि नै रहेका छन् । मन्त्री, प्रधानमन्त्रीको म्युजिकल चेयर प्रतियोगिता त अहिले छैन । तर नेताहरूको सत्ताको अंशबण्डा अफेयर भने चलिरहेकै छ । युवा जति खाडीमा छन् त सीधै कुरा हो बुढाजति देश हाँक्ने गाडीमा छन् । थुप्रै महिला चुनावै नलडे पनि सांसदको कोट र साडीमा छन् । अहिले त कालाबजारी, गुण्डादेखि गल्लीको भिखारी पनि आफ्नो बोरामा एक–दुई नेताहरू लिएर विक्रीका लागि सडकमा उभिएका छन् । सँगै एकजना सेल्सम्यान अर्थात् विक्री प्रतिनिधि देखिन्छ, जो आफ्नो बोराभित्र चम्किलो खोल भएको प्याकेटमा रहेको सामान कुनै अनलाइन खरीदकर्ताको घरमा डेलिभरी दिइरहेको छ ।  यतिबेला नेताहरू बेचिनका लागि हरेक चौबाटोमा खडा छन् । सारा सामान अनलाइनमा बिकिरहेका छन् । नेताजी भने अनलाइन, अफलाइन, बेलाइन अनेक प्रकारले बिकि नै रहेका छन् । काठमाडौंदेखि पोखरासम्म, सिन्धुलीदेखि चितवनसम्म, बुटवलदेखि धनगढीसम्म सबै अनलाइन भएका छन् । बरमझिया वा भैरहवाको पेडादेखि बेलायतको मदिरासम्म । चीनको मोबाइलदेखि अमेरिकाको किताबसम्म । डिस्काउन्ड अफर, रिफरल मार्केटिङ, अफिसियल मार्केटिङ र सेल । हाकिम, नेता र जालझेल । सरकारी योजना सबै फेल । सबै बिकिरहेका छन् अनलाइनमा ह्वारह्वार ! मनलाइनलाई अनलाइन समाचार बनाएर कमाउने लाइन पनि चलेकै छन् ।  जसरी कुनै मन्त्री बिक्छ कुनै रिसोर्टमा, मुख्यमन्त्रीको लोभमा । दशैं दिशामा अनलाइनको बबण्डर आफ्नो गतिमा सबैलाई दपेटिरहेको छ, लपेटिरहेको छ । प्रत्येक प्रदेश, महानगर, नगर, गाउँपालिका र वडाहरूमा नेता हाकिम अनलाइन बिक्नका लागि ननलाइनको डोजरसँगै तम्तयार खडा छन् । मेयरदेखि शेयर बजारमा शेयर खरीद विक्री गर्नेहरू समेत टिकटक लगायतका सामाजिक सञ्जालमा महँगी र अस्तव्यस्तताका कविता फुराइरहेका छन् । धर्को तानेर शेयर बजारको भविष्यवाणी गर्नेको बोली पनि बिकेकै छ । हिजोआज केही वर्षमै अनलाइनमा यति कवि र अर्थशास्त्री जन्मिएका छन् कि त्यति त असार साउनमा भ्यागुता पनि हुन्नन् । यता भ्यागुताहरूले कविसँग तुलना गरेकोमा खेद व्यक्त गरिसकेका छन् । तर जति अनलाइन अनलाइन भनेर कुर्लिए पनि अझै युवाहरू विदेशमा जागीर वा कलेजका लागि अनलाइन फारम भरेर पासपोर्ट लिने लाइनमा छन् । बडो गज्जपको दृश्य छ देशैभरि । टिकटके र फेसबुके अफेयर, झगडा, लफडा, सम्मेलन सबै थोक भइरहेको छ । अनलाइन प्रेम भयो । अहिले अनलाइनमै मन्त्रोच्चारणसहित विवाहको कर्म पनि सम्पन्न हुन थालेको छ । आशीर्वाद पनि ई–पेमेन्टबाटै । तुरुन्त धन्यवादको जवाफको श्रव्यदृश्य । बाथरुमको सिटमै बसी बसी आफूलाई मन परेको भोजन अर्डर पनि दिन पाइने भएपछि के चाहियो ? मेनु नै मेनु । बस्, तपाईं क्लिक गर्नुस्, टच गर्नुस् अर्थात् बटन थिचिरहनुस् आफ्नो मोबाइलमा, बाँकी काम अनलाइनवालाले गर्दिहाल्छ । मोडर्न प्लेटफर्म । केही समयपछि नै तपाईंको घरअघि बाइक–गाडीवालाहरू तपाईंको अर्डर डेलिभरी गर्न घुमिरहेका हुनेछन् । अब त निकट भविष्यमै तपाईंको छतमा ड्रोनले सामान झारिरहेका दृश्य सामान्य हुनेछ । तपाईंले आफ्नो बाथरुममै बसी–बसी छतमा उडिरहेका ड्रोनलाई आफ्नो ओटीपी पासवर्ड भन्नुपर्ने हुन्छ । चाहनुभयो भने ओटीपी नुहाउँदा नुहाउँदै वा पलंगमा पल्टिरहेकै अवस्थामा पनि बताउन सक्नुहुन्छ । अनि विवाहको भोज पनि तपाईंकोमा हाजिर भइसक्छ । अनि यसरी अनलाइन विवाह सम्पन्न हुन्छ । यस्तो डिजिटल माहौलमा सरकारले यसरी हठात् टिकटक बन्द गर्न कसरी सकेको होला हँ ? नयाँ दलहरूले टिकटकबाट बल गरेर भोट बटुल्छन् भनेर डराएको कि अमेरिका र भारतले भनेर होश हराको ? खैर अहिले भने अनलाइन डेलिभरीवाला आइपुगे जस्तो छ । धेरै समयदेखि श्रीमतीजीले नेपाली किवी, एभोकाडो र ज्याकफ्रुट फर्माइस गरिरहेकी थिइन् । श्रीमतीलाई खुशी पार्ने योभन्दा उचित अवसर अरू कुनै हुन सक्ला र ? तर मलाई भने एउटा गहिरो चिन्ताले भित्रभित्रै सताइरहेको छ । टिकटक, भाइबर, ट्वीटर (एक्स), मेसेन्जर, लिन्क्डइन, ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम, डिस्कर्ड, स्काईप, टेलिग्राम, ईमेल, जीमेल के को मात्र जवाफ दिएर बसुँ ? चार दिनको जिन्दगी छ । तर दुई–दिन टेलिभिजनले लियो, दुई–दिन इन्टरनेटमा टिकटक सिकटकले वा फेसबुकले लिइरहेछ । टिकटक सदाका लागि बन्दै भएछ भने पनि अर्को कुनै पिकटक, बिगटक, बकबक, कचकच वा त्यस्तै केही नयाँ एप आउँछ नै होला । अनि हामीजस्ता मनुवालाई सताउँछ नै होला । अनि बाँच्ने चैं कहिले ? मादलको तालमा नाच्ने चैं कहिले ? त्यसरी सोच्दा चंै एक मनले भन्छ, सरकारले जुन कारणले टिकटक बन्द गरे पनि कमसेकम एउटा झण्झटबाट अहिलेलाई मुक्ति मिलेको छ । भोको पेटमा एउटा खोक्रो अभिव्यक्ति स्वतन्त्रताबाट र टिकटके राष्ट्रवादको गर्मीबाट छुट्टी मिलेको छ । तपाईंलाई चैं कस्तो लागेको छ कुन्नि ?

अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने !

२० भदौ, काठमाडौं । मेटा कम्पनीले छिटै आफ्ना विभिन्न सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि विभिन्न सशुल्क फिचरहरु ल्याउने तयारी गरेको छ । सोसल मिडिया दिग्गज कम्पनी मेटाले कम्पनीमा एक नयाँ संरचना खडा गर्दैछ जसको काम फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा सशुल्क फिचरका लागि काम गर्नु हुनेछ । उक्त शाखाको प्रमुखमा प्रतिति राय चौधरी हुनेछिन् जो यसअघि […]

प्रचारप्रसारको डिजिटल शैली

मतदानको मिति नजिकिँदै गर्दा स्थानीय निर्वाचनमा खडा भएका उम्मेदवारले डिजिटल प्रचार सामग्रीको भरपुर प्रयोग गरिरहेका छन् । जनताको हातहातमा मोबाइल भएको हालको अवस्थामा डिजिटल प्रचारप्रसार निकै लोकप्रिय मात्र होइन, आकर्षक पनि बनिरहेको छ । स्थानीय तहका सबै उम्मेदवारहरू सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेका छन् । उनीहरूले फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालको एकसाथ […] The post प्रचारप्रसारको डिजिटल शैली appeared first on राजधानी राष्ट्रिय दैनिक.

सही गरेँ कि गलत गरेँ, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु : योगेश भट्टराई

काठमाडौं। नेकपा एमालेका नेता योगेश भट्टराईले आजको दिन आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन भएको बताएका छन्। प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्न नसकिने भन्दै हस्ताक्षर गर्न नमानेका भट्टराईले पार्टी एकता जोगाउन सकिन्छ कि भन्ने आशले यस्तो निर्णय लिएको बताए। फेसबुक पोस्टमा उनले भनेका छन्, “सही गरेँ किी गलत गरेँ, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।”

सक्कली मै हुँ भन्दै एउटै नाम भएका सयौँजना मैदानमा घमासान

काठमाडौँ । अमेरिकाको एरिजोनामा एकजना कलेज पढ्ने विद्यार्थीले गत वर्ष आफ्नै जस्तो नाम भएका सबैजनालाई डाक्दै ग्रुप च्याट सुरु गरे । ती विद्यार्थीको नाम जोश स्वाइन थियो र उनले सबै जोसहरुलाई आफुले खडा गरेको फेसबुक ग्रुपमा आमन्त्रण गरेका थिए । उक्त ग्रुपको नाम थियो “Josh, Josh, Josh, Josh, Josh, Josh, Josh, Josh, Josh,” त्यहीँ समूहसँग […]

युवा शक्तिले ल्याउन सक्छ परिवर्तन

हामी युवा एकीकृत नभएकै कारण देश ओरालो लागेको हो । युवा शक्तिलाई मौका दिए यो संसारलाई आश्चर्यचकित बनाइदिन सक्छन् भन्ने प्रमाण २६ वर्षमा फेसबुक मार्फत दुनिया हल्लाएका मार्क जुकर्बर्ग हुन् वा अन्तरिक्षमा पर्यटन सञ्चालनमा लागेका एलन मस्क वा भर्जिनको एम्पायर खडा गरी दुनिया हल्लाउन सफल रिचार्ड ब्रानसन । उनीहरुले आफ्नो युवा शक्ति देखाइसकेका छन् ।