दसैँभन्दा साहुको चिन्ता !

डोल्पा त्रिपुरासुन्दरी–३ का राजेन्द्र कामी भारतबाट घर नपुग्दै उनको घरमा साहु तीन पटक पुगिसकेका छन् । भारत जाँदा भाडास्वरूप सापटी लिएको पैसा असुल गर्न कामीको घरमा साहु तीन पटक पुगेका हुन् । नेपाली रुपैयाँ बराबरको भारतीय रुपैयाँ दिने सम्झौता गरेका कामी अझै घर नपुगेको उनकी श्रीमती जयसरा कामीले बताइन् । उनले भनिन्, “बारीमा फलेका स्याउ दैनिक बोकेर त्रिपुरानगरमा जान्छु, त्यहाँ दिनभरि १४ महिनाकी छोरीलाई च्यापेर बिक्री भएको पैसा जम्मा गरेर साहुलाई बुझाउने योजना छ । जाजरकोट र रुकुम पश्चि