खेत खनेर गाडिएको अवस्थामा ६ वर्षपछि २० क्विन्टल छड बरामद, पुलका चौकीदार पक्राउ

वीरगंज : पर्सा प्रहरीले ६ वर्षअघि चोरी गरेर खेतमा लुकाइएको अवस्थामा २० क्विन्टल फलामको डन्डी बरामद गरेको छ। प्रहरी चौकी मिलनचोकले २० क्विन्टल छडसहित एकजना स्थानीयलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ। वीरगंज महानगरपालिका वडा नम्बर ३१ स्थित बेलवा-मुसौली खण्डको बिचमा पर्ने भेडाहा खोलाको पुल…