पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको विज्ञप्ति : कामचलाउ सरकारले मतदातालाई प्रभाव पार्ने बजेट नल्याओस्

काठमाण्डाै - पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले मतदातालाई प्रभावित पार्ने गरी बजेट नल्याउन सरकारलाई आग्रह गरेका छन् । सरकारले आउँदो कात्तिक र मंसिरमा चुनाव घोषणा गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको अवस्थामा मतदातालाई प्रभावित पार्ने कुनै कार्यक्रम नसमेट्न पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तले आग्रह गरेका हुन् । संयुक्त विज्ञप्ति निकालेर पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, भोजराज पोखरेल, डा.अयोधिप्रसाद यादव, सूर्यप्रसाद श्रेष्ठ र दोलखबहादुर गुरुङले मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित बजेट नल्याउन...