निर्वाचन आयोगले किन गरेन उम्मेदवारको नामावली प्रकाशन ?

स्थानीय तह निर्वाचनको मिति आउन १० दिनमात्रै बाँकी छ । तर यतिबेलासम्म पनि निर्वाचन आयोगको वेभसाइटमा देशभरका उम्मेदवारको नामावली, पद र दल उल्लेख गरी उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको छैन । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि आयोगले एकीकृत रुपमा नामावली प्रकाशन गर्न नसकेको हो । आयोगले उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको मिति वैशाख १६ गतेलाई तोकेको थियो । सोही दिन आयोगले अन्तिम नामावलीको सूची निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिसकेको छ । तर देशैभरबाट हेर्न मिल्ने गरी निर्वाचन आय