इन्द्रेणी कम्प्लेक्सकाे जिम सेन्टरमा लागेकाे आगाे नियन्त्रणमा आयाे, ‘२ कराेडभन्दा बढीकाे क्षति’

काठमाण्डाै – नयाँ बानेश्वरमा रहेकाे इन्द्रेणी कम्प्लेक्सको जिम सेन्टरमा भएकाे आगलागी नियन्त्रणमा आएकाे छ । आज साेमवार दिउँसाे ३ बजे आगलागीकाे सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलकाे टाेली घटनास्थलमा पुगेर झन्डै ५० मिनेटमा आगाे नियन्त्रणमा लिइएकाे प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक डीएसपी मिमबहादुर लामाले बताउनुभयाे । प्रारम्भिक अनुसन्धानमा इन्भर्टरनमा आगलागी भएर आगाे फैलिएको देखिएको उहाँले जानकारी दिनुभयो । काठमाण्डाै, भक्तपुर र ललितपुर तीन वटै जिल्लाको दमकल समयमै आएका क...