अर्दोआनसँग ऐतिहासिक भेटघाटमा इजरायलका प्रधानमन्त्रीको यस्तो माग

इजरायलका प्रधानमन्त्री येर लेपिडले न्युयोर्कमा जारी संयुक्त राष्ट्र महासभामा टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानसँग भेटवार्ता गरेका छन् । दुबै देशको द्विपक्षीय सम्बन्धका हिसाबले यो भेट महत्वपूर्ण मानिएको छ । सन् २००८ पछि दुई देशका शीर्ष नेतृत्वबीच आमने–सामने भेट भएको छैन ।यस बैठकमा इजरायली प्रधानमन्त्री लेपिडले एर्दोनलाई गाजा पट्टीमा हमासले कब्जा गरेका दुई इजरायली नागरिकलाई फिर्ता ल्याउन मद्दत गर्न आग्रह गरेका छन् । यससँगै, लेपिडले टर्कीका राष्ट्रपतिलाई २०१४ मा मृत्यु भएका दुई सैनिकको श