पर्वतको जलजलामा ढुंगाखानी उत्खनन् गरिँदै

मंसिर २६, पर्वत । कालीगण्डकी नदीको निर्माणजन्य पदार्थको उत्खनन् रोकिँदा पर्वतका स्थानीय तहको आम्दानी गुमेको छ । आन्तरिक आयको बलियो स्रोत रहेको नदीजन्य पदार्थको उत्खननबाट स्थानीय तहले राम्रो आम्दानी लिँदै आएका थिए । अदालतको आदेशले गत वर्षदेखि उत्खनन रोकिँदा स्थानीय तहको आम्दानी गुमेको हो । नदीजन्य पदार्थको आम्दानी गुमेपछि जलजला गाउँपालिकाले भने स्लेटढुंगा उत्खनन गरेर आम्दानी गर्ने बाटो रोजेको छ । जलजलामा रहेको ढुंगाखानी उत्खनन गरेर विक्री गर्न गाउँपालिकाले स्लेट ढुंगाखानी उत्खनन सम्बन्धि कार्यविधि बनाएर चालू वर्ष उत्खनन गर्न शुरु गरेको हो ।  गाउँपालिकाका राजस्व अधिकृत लिलाधर सुबेदीका अनुसार नदीजन्य पदार्थ उत्खनन् हुन नसक्दा गाउँपालिकाको आम्दानी आधा घटेको छ । आन्तरिक आम्दानीले नागरिकका अधिकांश मागहरु संबोधन गर्न कठिनाइ भइरहेको सुबेदीले बताए ।   नदीको आम्दानी गुमेपछि गाउँपालिकाले स्लेट ढुंगाहरुलाई उत्खनन गरी निकासी गर्ने र गाउँपालिकाको राजस्वमा वृद्धि गर्ने सोच बनाएको छ । यसले खेर गएको ढुंगाले बजार पाउने र स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्न सकिने गाउँपालिकाले जानकारी दिएको छ ।  स्लेट ढुंगा उत्खनन तथा कटिङ ढुंगा उद्योग सञ्चालन कार्यविधि २०७८ तर्जुमा गरी लागू गर्न लागिएको सुबेदीले बताए । गाउँपालिकाले स्लेट ढुंगा भएका जग्गाधनीहरु र गाउँपालिकाबीच बिहीवार सम्झौता गरेको छ । गाउँपालिकाले आईईइ गरेर सबै प्रक्रिया पूरा गरिसकेकोले तुरुन्तै प्रक्रियामा लैजाने सुवेदीले बताए । अब विगतमा जस्तै स्लेट ढुंगा निकासीमा व्यवसायीहरुले बेचौलियाहरुको संगत गर्न नपर्ने र पारदर्शिता कायम हुनुको साथै गाउँपालिकाको राजस्वमा वृद्धि भइ स्थानीय जनताका मागहरु संबोधन गर्न सहज हुने उनले जनाए ।  कालीगण्डकी नदीमा अहिले निर्माणजन्य सामग्री उत्खननमा पूर्णत रोक लगाईएको छ । अदालतको आदेशले नदीजन्य पदार्थ उत्खननमा रोक लाग्दा निर्माण सामग्री अन्य जिल्लाबाट ल्याउनुपर्ने अवस्था सृजना भएको छ । अर्कोतिर नदीमा आश्रित परिवारको आर्थिक उपार्जनमा समस्या भएको छ । जलजलाका माझफाँट, बाँसखर्क, शालिजा, बनौ, लेखफाँट लगायतमा यस अघि पनि स्लेटखानी उत्खनन् गरिएपनि दर्ता प्रकृया नपुगेको भन्दै पालिकाले रोक लगाएको थियो । अब भने सबै स्थानीय तहबाट अनुमती लिएर सञ्चालन गर्न पाउने भएको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए ।  

सम्बन्धित सामग्री

कानून अभावमा ढुंगा र तामाखानी सञ्चालनमा समस्या

२० कात्तिक, गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा रहेका एक दर्जनभन्दा बढी ढुङ्गा, स्लेट र तामाखानी उत्खननका लागि कानूनको अभाव देखिएको छ । कानूनको अभावमा ती खानीलाई व्यवस्थित गर्न सकिएको छैन । तत्कालीन निस्कोट, रुम, ओखरबोट, देवीस्थान, दरवाङ र बिम गाविसलाई समेटेको मालिका गाउँपालिकाका विभिन्न स्थानमा रहेका स्लेट ढुंगाखानी, तामाखानी र जडीबुटी कानूनको अभावमा उत्खनन् […]

ढुंगाखानी बन्द भएसँगै निर्माण सामग्री अभावले सडक निर्माणमा बाधा

सरकारले अवैधरूपमा उत्खनन् गरिरहेको ढुंगाखानी बन्द गरेसँगै देशभरका विभिन्न स्थानको सडक निर्माणमा त्यसको असर परेको छ ।काठमाडौं उपत्यकालगायत देशभरका विभिन्न सडक निर्माण अवरुद्ध बन्न पुगेको सडक विभागले जनाएको छ ।निर्माण सामग्रीको समस्या समाधानका लागि पहल भइरहेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनका अनुसार निर्माण स...

निर्माण सामग्री अभावले सडक निर्माणमा बाधा

काठमाडौं । सरकारले अवैधरूपमा उत्खनन् गरिरहेको ढुंगाखानी बन्द गरेसँगै देशभरका विभिन्न स्थानको सडक निर्माणमा