कपिलवस्तुमा राहदानीका लागि बिहानी सेवा

राहदानीका लागि सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि नै कपिलवस्तु जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा काम सुरु भइसक्छ । सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको कार्यालयले जनाएको छ ।