आकर्षक सर्वसिद्धिधाम पञ्चकोट

बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोट ।

सम्बन्धित सामग्री

म्याग्दी र बागलुङको भर्जिन गन्तव्य बेलढुंगामा पर्यटकको चहलपहल बढ्यो

असोज ४, म्याग्दी । प्राकृतिक दृश्यावलोकनका लागि अत्यन्त उपयुक्त स्थान हुँदाहुँदै पनि सडक र पूर्वाधारको अभावले ओझेलमा परेको पर्यटकीय स्थल बेलढुंगा बागलुङ र म्याग्दीको सदरमुकाम बेनीदेखि सडक सुविधा पुगेपछि एकाएक चर्चामा आएको छ । स्थानीयको निरन्तरको पहल, प्रयास, पूर्वाधार निर्माण र प्रचार प्रसारका कारण अहिले भर्जिन गन्तव्यको रुपमा बेलढुंगा क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ ।  म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका वडा नं ३ धम्जाको शिरमा पर्ने बेलढुंगा समुद्री सतहदेखि २ हजार ६१८ मिटरको उचाइमा रहेको छ । यहाँबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमश्रृंखला, म्याग्दी नदी, कालीगण्डकी सहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारओटै जिल्लाका तीन दर्जन बढि गाउँहरु, बनजङ्गल, जंगली जनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताए । पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै समुन्द्री सतहदेखि झण्डै दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ । बागलुङ नगरपालिकाको प्रसिद्ध सर्वसिद्धिधाम पञ्चकोट र बेलढुंगा जोड्नका लागि पर्यटकीय पदमार्गसँगै साइकले लेन निर्माण शुरु गरिएको उनले जानकारी दिए । म्याग्दी र बागलुङको शिरबाट साइकल मार्फत बेलढुंगा हुँदै पञ्चकोटसम्म आवतजावतका लागि साइकल लेन निर्माण थालिएको हो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीयको एक लाख जनश्रमदानबाट एक हजार ७०० मिटर उचाईमा साइकल लेन निर्माण शुरु गरिएको हो । बेलढुंगादेखि कान्छो धौलागिरी नजिकै साइकल लेन पुगिसकेको छ । बागलुङको संसारकोटसम्म साइकल लेन निर्माणका लागि अध्ययन समेत भइसकेको छ ।  साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटकहरुलाई साइकल मार्फत यात्रा गर्न सहज हुने वेलढुंगा–पञ्चकोट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम घर्ती मगरले जानकारी दिए ।  बेलढुंगादेखि पञ्चकोट सम्मको झण्डै ९ किलोमिटर मध्ये वेलढुंगाबाट केही सरकरात्मक रुपमा काम देखिएको छ । यसलाई पूर्णता दिन झण्डै दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ ।  बेलढुंगा अलि दूर्गममा भएपनी पञ्चकोट सुगममा भएका कारण साइकल लेन निर्माण पछि सदरमुकामदेखि पाँच किलोमिटरमै पञ्चकोट पुगेका पर्यटकहरु साइकल र पर्यटक पदमार्ग मार्फत वेलढुंगा आउनेछन् र यहाँ आएका पर्यटकलाई घरबासमा राखेर अर्गानिक उत्पादन चखाउने योजना रहेको वेलढुंगा सामुदायिक घरबासका सचिव तथा स्थानीय समाजसेवी गोपाल श्रीसले बताए । ढुंगामाथि बेल आकारको ढुंगाबाट देखिने मनोरम हिमश्रृंखला र सुन्दर पहाडहरु यसको प्रमुख आर्कषण भए पनि २०७२ सालको भुकम्पले हल्लाएका कारण २०७७ भदौमा बेलढुंगाको माथिल्लो भाग खसेको थियो । अहिले पुनर्निर्माणले गति लिएको छ । अहिले वेलढुंगालाई पुनः व्यवस्थापन गरी पर्यटकीय सूचना बोर्ड समेत राखिएको छ । चारफिट चौडा साइकेल लेन समेत निर्माण गरिएको छ ।  बेलढुंगा प्राकृतिक सौन्दर्यावलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान मानिन्छ । भकिम्लीको स्वर्गाश्रमबाट करीब एक घण्टाको उकालो छिचोलेपछि बेलढुंगा पुग्ने मार्ग समेत निकै आकर्षक बनिरहेको छ । बेलढुंगाबाट धौलागिरी क्षेत्रका सम्पूर्ण तीर्थस्थलहरु, बाघ, भालु, चितुवा लगायतका बन्यजन्तु, डाँफे, मुनाल, बनकुखुरा लगायतका पंक्षी र चैत वैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकोले पछिल्लो समय यहाँ विशेष गरी म्याग्दी र बागलुङका आन्तरिक पर्यटकहरु दिनहुँ आउने गरेका स्वर्गाश्रम विकास समितिका अध्यक्ष रत्न जिसीले जानकारी दिए ।  चारैतिर घना जंगल, जंगलको विचभागमा चेप्टो बेल आकृतिको विशाल ढुंगा रहेकोले यस स्थानलाई बेलढुंगा नामाकरण गरिएको छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिका ३ धम्जाका वडाअध्यक्ष यामबहादुर श्रीषले बताए ।

धर्तिकै स्वर्ग जस्ताे छ पञ्चकोट (फोटो फिचर)

करिव ६ महिना बन्द रहेको बागलुङको आकर्षक पर्यटकीय गन्तव्य सर्वसिद्धधाम पञ्चकोटमा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ ।  सार्वजनिक यातायात संचालन भए पछि लामो समय सुनसान भएको पञ्चकोटमा असोज १ गतेदेखि पर्यटकहरुको बाक्लो उपस्थिती हुन थालेको हो । पञ्चकोट धार्मिक तथा प्राकृति सौदर्यसँग रमाउन चाहने पर्यटकको लागि आकर्षक गन्तव्य हो । विश्व प्रसिद्ध शालीग्राम पवित्रा नदी श्रीकृष्ण गण्डकी –कालीगण्डकी) को तटमा रहेको रमणीय पञ्चकोट क्षेत्र बागलुङ बजारदेखि उत्तर पश्चिमत तर्फ ६ किलोमिटरको दुरीमा पर्छ । पञ्चकोटबाट करिव ५ हजार फिट भन्दामाथिको उचाईमा रहेका अन्नपूर्ण, धौलागिरी, निलगिरी जस्ता हिमश्रृङखलाको प्रत्येक्ष अवलोकन गर्न सकिन्छ । कालीगण्डकी नदी, विश्वकै लामो दावी गरिएको झोलुङ्ग पुल, बागलुङ बजार, उपल्लाचौर तथा कुँडुले, कुश्मा, पाङ र बलेवा क्षेत्रका फाँट, म्याग्दीको भकुण्डेदेखि राखुभगवतिसम्मको गाउँ अवलोकन गर्न सकिन्छ । गर्मीमा चिसो र जाडोमा न्यायो घाम पर्ने हुँदा अवलोकनको लागि कुनै निश्चिम मौषम कुर्नु पर्दैन ।

बागलुङको नयाँ गन्तव्य ‘बुद्ध हिल’

पछिल्लो समय बागलुङ जिल्लामा नयाँ पर्यटकीय गन्तव्यको खोज, पहिचान र प्रर्वद्धनमा महत्वपूर्ण कदम चालिएको छ। यसै कदमअनुसार बागलुङमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ। धार्मिक गन्तव्यका रुपमा चर्चा कमाउन सफल बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट नजीकै एक आकर्षक पहाडको पर्यटकीय हिसाबले प्रचार थालिएको छ। त्यसलाई स्थानीय र पर्यटन अभियानकर्मीले ‘बुद्धको पहाड’ नामकरण गरेका छन्।