तरलता अभावको गर्जो टार्न बैंकहरुले तीन महिनामा रिपो र एसएलआर मार्फत १० खर्ब बढी प्रशोचन गरे

बैंकिङ तरलता (लगानी योग्य रकम) को अभावका कारण बैंकहरुले गएको तीन महिनामा रिपो र स्थायी तरलता सुविधा (एसएलआर)  मार्फत १० खर्ब भन्दा बढी रकम प्रशोचन गरेका छन् । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना (साउन देखि असोजसम्म) बैंकहरुले रिपोमार्फत १ खर्ब ८५ अर्ब ५० करोड र स्थायी तरलता सुविधामार्फत ८ खर्ब २२ अर्ब ६८ करोड गरी कुल १० खर्ब ८ अर्ब १७ करोड रुपैयाँ भोगचलन गरेको राष्ट्र बैंकले जनाएको हो । बजारको तरलता अभावको समस्या हल गर्नकै लागि बैंकहरुलाई यस्तो सुविधा प्रदान गरिएको रा