भीम रावललाई त १० बुँदे कार्यान्वयन गर्न दिइएको छैन, अरूकाे के हाल हाेला– भानुभक्त जोशी

‘भीम रावल जत्तिको मान्छेलाई त १० बुँदे कार्यान्वयन र अन्तरपार्टी निर्देशन कार्यान्वयन गर्न दिइएको छैन भने अरुको के हाल होला ?’ उहाँले भप्नुभयो, ‘साथीहरू लम्पसार परेको मैले अनुभूति गरेको छु ।’

सम्बन्धित सामग्री

एमाले प्रदेश २ र सुदुरपश्चिममा विवाद चर्कियोः १० बुँदे सहमतिकै विषयमा चर्काचर्की

नेकपा एमालेभित्र प्रदेश २ र सुदुरपश्चिममा विवाद शुरु भएको छ । प्रदेश २ मा स्थायी कमिटी रघुवीर महासेठ र सुदुरपश्चिममा लेखराज भट्टका कारण विवाद शुरु भएको हो । उपाध्यक्ष भीम रावल, झपट रावल, भानुभक्त जोशी लगायतका नेताहरुले १० बुँदे कार्यान्वयन नभएको असन्तुटि व्यक्त गरेका छन् भने र प्रदेश २ मा महासेठले आफ्नो पद जाने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।