तटबन्ध बनेपछि ढुक्कले निदाउँछन् रिडीवासी

कुनै समय ठुलो पानी पर्दा रातभर निदाउँदैनथे रिडी बजारवासी। रिडी र कालिगण्डकी नदी उर्लिने चिन्ताले उनीहरुको मनमा चिसो पस्थ्यो। त्रासकै बिच रुरु– १ का ६८ वर्षीय यमनारायण भण्डारीले कैयौं वर्ष...

सम्बन्धित सामग्री

कञ्चनपुरको जोगबूढा नदीमा तटबन्ध बन्दा स्थानीयलाई राहत

१८ फागुन,कञ्चनपुर। बर्सेनि बाढी कटानले सताउने कञ्चनपुरको दोधारा चाँदनी–१० कुतियाकबरस्थित जोगबूढा नदीमा तटबन्ध बनाइएको छ । । महाकाली र जोगबूढा नदीको कटानले आजित बनेका स्थानीय तटबन्ध बनेपछि राहत पाएका छन् । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले जोगबूढा नदीमा यस वर्ष २ सय १ मिटर तटबन्ध निर्माण गरेको छ । कुतियाकबर जोड्ने जोगबूढा नदीमाथिको झोलुंगे पुलबाट २ […]

सीमा रक्षक कुतियाकवरवासी, राज्यको सुविधाबाट सधैँ वञ्चित

महेन्द्रनगर । कुनै बेला भौगोलिकरुपले अत्यधिक विकट थियो महाकाली पारीको दोधारा चाँदनी । महाकाली नदीमा झोलुङ्गे पुल नहुँदा आफ्नै देशका विभिन्न ठाउँ जान भारतको बनबासा भएर आवतजावत गर्नुपर्थ्यो । भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले बेलाबखतमा दुःख पनि दिने गरेका थिए । तर महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनीका बासिन्दालाई धेरै राहत मिलेको छ । अहिले महाकालीमा झोलुङ्गेसँगै चार लेनको पक्की पुल समेत बनेपछि चहलपहल ह्वात्तै बढेको छ । अझ प्रस्तावित सुक्खा बन्दरगाह बन्ने प्रक्रियाको अघि बढ्दा दोधारा चाँदनीवासीलाई थप राहत मिल्ने छ । महाकाली नदीमा पुल नहुँदा भारतीय बाटो प्रयोग गरेर गड्डाचौकी हुँदै महेन्द्रनगर आउनुपर्ने विगतको बाध्यता अब इतिहासमा सीमित भइसक्यो । तर अहिले पनि दोधारा चाँदनीको सीमा बस्तीका बासिन्दा भने विभिन्न दुखः कष्ट सहेर जीवनयापन गरिरहेका छन् । दोधारा चाँदनी–१० कुतियाकवरका बासिन्दालाई विभिन्न समस्याबाट पीडित छन् । दोधारा चाँदनीको दक्षिण सीमामा पर्ने भारतसित जोडिएको उक्त गाउँमा २०२२ सालको सेरोफेरोमा बस्ती बसेको हो । कुतियाकवरमा कुनै बेला एक सय ४५ परिवारको बसोबास रहे पनि हाल ४२ परिवार मात्रै बस्दै आएका छन् । उक्त गाउँ महाकाली नदी र जोगबुढा नदीको दोसाँधमा पर्छ । दुवै नदीका कारण बर्सेनि यहाँ बाढीको खतरा रहन्छ । हरेक बर्सातमा गर्ने नदी कटानका कारण बस्ती साँघुरिन पुगेको छ । तटबन्ध निर्माणका लागि ठोस पहल अझै नभएको स्थानीय टेकबहादुर सुनारले बताए । “अहिले पनि जोगबुढा र महाकालीको मिलन बिन्दु छेउछाउमा बाढीले कटान गरेर धान खेती बगाइरहेको छ”, उनले भने, “सीमाको पहरेदारका रुपमा अभाव सहेर बस्यौँ । बाढीले कटान गर्दा बस्ती नै जोखिममा छ ।”  दलित र विपन्न समुदायका नागरिकको बसोबास रहेको कुतियाकवरमा पक्की संरचनामा नाममा अहिले दातृ निकाय र नगरपालिकाको सहयोगमा बाढीबाट बच्न ‘सेफ हाउस’ बन्दै छ । यहाँ प्रायः घर कच्ची छन् । “हामीलाई बस्तीमा बालबालिका पढाउन प्राविसम्मको स्कुल भइदिए पनि सहयोग पुग्थ्यो”, स्थानीय भीमसिंह सुनारले भने, “अहिले पनि झोलुङ्गे पुल तरेर जाँदा बाटो छेउको उखुबारीमा बाघ र स्यालको त्रास बालबालिकालाई जहिल्यै रहन्छ ।” विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेको हो । त्यसपछि बस्तीमा बिजुलीको प्रबन्ध गरिएको थियो । यि दुई बाहेक अन्य विकास निर्माणका काम यहाँ हुन नसकेको सुनारको भनाइ छ । “यहाँको प्रमुख समस्या नै नदी कटान हो”, उनले भने, “नेताहरुको आश्वासनले मात्रै तटबन्ध बन्दैन् ।” शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारबाट पछि परेको कुतियाकवरका नागरिक मजदुरीका लागि भारतीय बजारमाथि निर्भर छन् । “सीमामा थिचोमिचो सहेर पनि दशकौँदेखि रक्षक भएरै बस्दै आयौँ”, सुनारले भने, “झोलुङ्गे पुल बनेपछि आवागमनमा सहज भएको छ ।” स्थानीयले भनेअनुसार नदी कटानको समस्या विगत पाँच दशकदेखिको हो । महाकाली नदीको दुवैतर्फ तटबन्ध निर्माण बेला बखतमा भए पनि कुतियाकवर क्षेत्रमा बाँकी नै छ । दोधारा चाँदनी–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले कुतियाकवरवासी लामो समयदेखि राष्ट्रको सेवक भएर सीमा सुरक्षामा तैनाथ रहेको बताए । “त्यो बस्ती सीमा संरक्षणका लागि पनि महत्वपूर्ण छ, त्यहाँको विकास निर्माणमा ध्यान दिन जरुरी छ, सुविधा पाए पो सीमाका रुक्षकका रुपमा बस्लान, त्यसैले राज्यले यसमा ध्यान दिन जरुरी छ”, उनले भने, “तटबन्ध निर्माणका लागि बहुउद्देश्यीय ठेक्का गरिए पनि नदीमा पानीको सतह नघट्दा निर्माणमा समस्या छ ।” कुतियाकवरतर्फ एक हजार सात सय घनमिटर तटबन्ध निर्माणको ठेक्का गरिए पनि निर्माण कम्पनीको ढुलासुस्तीले काम रोकिएको उहाँले बताए । “त्यहाँ निर्माण सामग्री ढुवानी गर्न समस्या छ”, वडाध्यक्ष सिंहले भने, “यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रमेश लेखकले कुतियाकवर जान पक्की पुल नै बनाउने बाचा गर्नुभएको छ ।” अझै पनि बस्तीमा अभावका बिच स्थानीयवासी आफ्नो दैनिकी चलाइरहेको वडाध्यक्ष सिंहले बताए । “बस्ती मात्रै नभएको भए त्यो भूमि संरक्षण हुनेमा आशङ्का नै थियो”, उनले भने, “धेरै कष्ट झेलेर पनि कुतियाकवरवासीले बस्ती कुरिरहेकै छन् । उनीहरु सीमा स्तम्भ बनेर बसेका छन् ।” बस्ती कटान र बर्सातका बेला डुबानमा पर्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष सिंहले कतिपय बेला बाढीबाट जोगिन आम्भोजतर्फ बसाइँ सर्ने गरेका छन् । कुतियाकवरका बालबालिकालाई अध्ययनका लागि धेरै समस्या छ । उनीहरु पढ्न जोगबुढा नदी पारीको ओमकार आधारभूत विद्यालय धाउँछन् । बालबालिका आधी घण्टा हिँडर आउजाउ गर्छन् । सोही विद्यालयमा कक्षा–७ मा अध्ययनरत मानव सुनारले घरबाट विद्यालय पुग्न निकै समस्या हुने गरेको बताए । “जोगबुढा नदी पारी वन्यजन्तुको डर त्रास रहन्छ, बाघ र स्यालको बढी डर हुन्छ”, उनले भने, “झोलुङ्गे पुल नहुँदा त झन ढुङ्गा चढेर स्कुल आवतजावत गर्नुपर्ने बाध्यता थियो ।” अभिभावकका भरमा विद्यालय जानुपर्ने बाध्यता रहेको सुनार बताउनुहुन्छ । रासस

तटबन्ध मर्मत नगर्दा पीडित त्रसित

वर्षौंदेखि कर्णाली नदीको बाढीको पीडा खेप्न बाध्य यहाँका स्थानीय तटबन्ध बनेपछि कर्णालीको बाढीबाट मुक्ति पाइएला भन्ने आशामा थिए । तर यसपालिको बेमौसमी वर्षासँगै कर्णाली नदीमा आएको बाढीले ठाउँठाउँमा तटबन्ध भत्काएर बाढी बस्तीमा पस्यो । भत्किएको तटबन्ध मर्मत सुरु नहुँदा तटबन्ध आसपासका बासिन्दा त्रासमा छन् ।

रानीजमरा आयोजनामा १४ करोडको क्षति

वर्षौदेखि कर्णाली नदीको बाढीको पीडा खेप्न बाध्य स्थानीय नदी किनारमा तटबन्ध बनेपछि बाढीको जोखिमबाट मुक्ति पाइएला भन्ने आशमा थिए । तर यसपालीको बेमौसमी वर्षासँगै कर्णाली नदीमा आएको भीषण बाढीका कारण ठाउँठाउँमा तटबन्ध भत्केर बस्तीमा डुबानमा परेपछि त्रास झन् थपिएको छ ।

जोखिम एकातिर, तटबन्ध अर्कोतिर

झिमरुक खोलामा पाँच वर्षअघि आएको बाढीले प्यूठान नगरपालिका–१० स्थित बडराका भुवन पण्डितको १२ मुरी फल्ने धान खेत बगायो । उनको खेत अहिले बगर बनेको छ । ‘धान फल्ने खेतमा ढुंगा र गिट्टी छन्,’ उनले भने, ‘खोला पसेर बगर बनेपछि उत्पादनको आसै हरायो ।’

तटबन्ध बनेपछि जोडबुढा पीडितको बस्ती जोगिने आशा

दोधारा–चाँदनी  ः कञ्चनपुरको महाकाली नगरपालिका ३ भैरव टोलका बलवहादुर सुनार हरेक वर्ष खेतीपाती सकेर कामको खोजीमा भारत जान्छन् । उनलाई भारतमा कामको खोजीभन्दा पनि घरको बढी चिन्ता हुने गथ्र्यो ।

तटबन्धले भारतलाई सुरक्षित बनायो,नेपाललाई बर्बाद

करिव १७ बर्षअघिसम्म बर्खालका बेला राप्ती नदी र डुडुवाखोला भरत तथा नेपालका लागि उत्तिकै दुश्मन ठानिन्थे।पानीको बहाव दक्षिणतिर बढ्ने हुनाले भारतीय भुमि अझ बढी प्रताडित थियो। सन् २००० मा भारतले सीमाक्षेत्रमा कलकलवा मार्जिनल तटबन्ध निर्माण गरेपछि अवस्था फेरियो। तटबन्धले भारतलाई सुरक्षित बनायो भने नेपाललाई बर्बाद। यो खबर आजको नागरिक दैनिकमा छ। तटबन्ध बनेपछि नै हो सीमावर्ती…