एमसिसी चर्चा : देउवा, प्रचण्ड र माधवबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) विवाद चलिरहेको बेलामा तीन शीर्ष नेताहरूको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन शीर्ष नेताहरूबीच भएको भेटवार्तामा पछिल्लो समयको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले